१० माघ २०८१, बिहीबार
,
Latest
सुप्रिम सहकारी ठगी प्रकरणः थुनछेक बहसका लागि अदालत उपस्थित भए रवि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? भरुवा बन्दुकसहित एकजना पक्राउ आफ्नो जिम्मेवारी सशक्त र प्रभावकारी बनाउन राष्ट्रपतिको स्थानीय जनप्रतिनिधिलाई सुझाव कृषि विश्वविद्यालयमा डीन नियुक्त जनताका मुद्दामा रास्वपा सशक्त रुपमा संसदमा प्रस्तुत हुन्छ: डिपी अर्याल शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह भारतमा भएको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु जलवायु परिवर्तनको असर र पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’ गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै दुरजङ गुरुङ



अ+ अ-

लमजुङ, । लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कसम्म पुग्नुहुन्छ । फेरि हिउँद लागेपछि लेपेखर्कदेखि सो स्थान हुँदै श्रीमञ्जाङसम्म भेडाको बथानको पछि लाग्दै पुग्नुहुन्छ । बितेका २४ वर्ष उहाँलाई २४ दिन जस्तै लाग्छ । भेडाबाख्रालाई आफ्नो सन्तान जत्तिकै माया गर्ने उहाँलाई भेडाका बथानको पछि लाग्दालाग्दैसमय बितेको पत्तै पाएन । भेडाबाख्रा पछि लागेको उहाँ आजसम्म तीनै भेडाबाख्राको पछिपछि लागिरहनुभएको छ ।

गोठाला गुरुङ बाबाको मुत्यु, दाइ र ठूलोबाबाहरुले दु:ख भयो भनेर गोठ छाडेपछि गुरुङ समुदायको पुख्र्यौली पेसा धान्न, केही पैसा कमाउन र जीवन धान्ने पेसा बनाउनका लागि विसं २०५७ मा कक्षा १० को टेस्ट फेल भएपछि यही गोठ सम्हाल्दै आउनुभएको छ । उहाँले सुरुमा आफ्नोसहित २८ जनाको ८०/९० वटा भेडाबाख्रा रहे पनि अहिले सङ्ख्या बढाउँदै दूधपोखरी गाउँपालिका–६ जोर्नेको २१ घर र सिमु्रङको गरी ४५ घरका सानाठूला गरेर आठ सयभन्दा बढी भेडाबाख्रा रहेका सुनाउनुभयो । उहाँलाई तीन जनाले सघाउँदै आएका छन् ।

मान्छेबाहेक चारवटा कुकुरले पनि सुरक्षा दिँदै आएको छ । यतिका भेडाबाख्रा हुनुअघि करिब पाँच वर्षअघि सात सयवटा रहेको र एकै चोटि तीन सयवटा भेडाबाख्रा बिक्री गरेको र चार सय सङ्ख्याबाट बढ्दै हाल सो सङ्ख्यामा पुगेको भंडी गोठाला गुरुङले बताउनुभयो । उहाँले  भन्नुभयो, “यस भेडीगोठबाट बर्सेनि १५/१६ लाख बराबरको भेडाबाख्रा बिक्री हुने गरेको छ । भेडा एक वर्षकोलाई १५ हजार, दुई वर्षकोलाई २० हजार तथा तीन वर्षकोलाई ३० हजार, यसरी नै बिक्री हुने गरेको बताइएको छ ।

विशेषगरी दसैँतिहार, मङ्सिर, पुस र फागुन महिनामा भेडाबाख्राको माग हुने गरे पनि विगतको वर्षहरुमा जस्तो अचेल बिक्री कम हुन थालेको छ । पहिला भेडाबाख्रा जताततै थिएनन्, अहिले घरघरमै हुन थालेपछि माग घट्न थालेको भेडीगोठाला गुरुङले दुखेसो गर्नुभयो । गोठका लागि प्रतिदाताहरुले कम्तीमा एक हजारदेखि माथि दिने गर्ने र अन्नपानी पनि दिने गरेको र सोही भरमा आफूहरुले गुजारा चलाउँदै आएको उहाँले सुनाउनुभयो । उहाँले तीनजना गोठालाहरुलाई वार्षिक रु एक/एक लाख दिने गरेको र आफूले अन्य खर्च गरेर लिने र नरहे नलिने गरेको बताउनुभयो । भेडी बाख्राले अरूको अन्नबाली खाएमा क्षतिपूर्ति दिने गरेको छ ।

चरन क्षेत्र अभाव, खर्क जानेआउने बाटो समस्या, मौसम परिवर्तनले विभिन्न समस्या हुँदा भेडीगोठ धान्न गाह्रो भएको र दु:ख अनगिन्ती रहेको उहाँले बताउनुभयो । आफूले पालेको भेडाबाख्रा बिक्री गरेर वार्षिक डेढ लाख जति आम्दानी हुने गरेको छ, तर बाघभालुले नोक्सान गर्‍यो भने त्यही पनि नहुने उहाँको भनाइ छ । उहाँले यही गोठाला गरेर सो बिक्रीबाट आएको रकमले श्रीमती, दुईवटा छोरी र एक छोराको जीवन चलाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “कान्छी छोरीको त विवाह भयो, यतिबेला कान्छी छोरीबाहेक हाम्रो जीवन यसै पैसाबाट दु:खले चलाएको छु, सुखचैनले जीवन चलाउन पाएन । अरू पेसा पनि जानेको छैन, जेजस्तो भए पनि यही पेसा गरिरहेको छु, यसैमा रमाउनुको विकल्प नभएको गोठाला गुरुङले बताउनुभयो ।

आफ्नो पालासम्म आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लाग्यो, चिन्ता लाग्छ, सरकारले नै नयाँ पुस्तालाई प्रोत्साहन गर्दै तालिम दिएर भेडीगोठ जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “चैत–वैशाखमा बेँसीमा घाँस सकिन्छ, लेकमा घाँस पलाउँदैन, हिउँ परिरहन्छ, घाँसको समस्या छ ।”  खर्कमा एक भारी दाउरा जोहो गर्न पनि एक दिनभरि लाग्ने गरेको छ । सामुदायिक वनमा चराउनका लागि पनि दैनिक पैसा बुझाउनुपर्छ । कुनै पनि सामुदायिक वनमा अनुमतिबिना भेडाबाख्रा गएमा क्षतिपूर्ति दिँदै आएको उहाँको भनाइ छ । लेक खर्कमा भेडीगोठालाई समस्या नै समस्या भइरहेको हुन्छ । फोन लाग्दैन, फोन लाग्ने ठाउँ खोज्नुपर्छ । सामान्य दु:ख बिमार हुँदा जङ्गलकै जडीबुटी खाएर बस्छौँ, तर ठूलो बिरामी भएर वा कुनै घटना घट्दा बेँसीसम्म आउन १० दिन लाग्छ उहाँले भन्नुभयो ।

यसैबीच, दोर्दी गाउँपालिका पशुपन्छी शाखाका कर्मचारी प्रवीण रेग्मीले रु १५ लाख बजेट रहेकाले सबै भेडीगोठका भेडाबाख्रालाई आन्तरिक परजीवीका औषधि खुवाउने औषधिमा डुबाउने मात्र गर्दै आएको बताउनुभयो ।

भेडीगोठ लोप हुन नदिन र गोठालाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आए पनि हाल पर्याप्त बजेट नभएकाले सबै समस्याको हल हुन नसके पनि आगामी वर्षहरुमा सम्बोधन गर्दै जाने दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।

जनक श्रेष्ठ/रासस