१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इगा स्विटेक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । पाँच पटकको ग्राण्डस्लाम च्याम्पियन इगा स्विटेक अमेरिकाकी एम्मा नाभारोलाई सहजै हराउँदै अस्ट्रेलियन ओपनको महिला एकलको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

अर्की अमेरिकी टेनिस खेलाडी म्याडिसन कीज पनि महिला एकल प्रतियोगिताको सेमिफाइनलमा पुगेकी छिन् ।

योसँगै महिला एकलको सेमिफाइनलको टुंगो लागेको छ । पहिलो सेमिफाइनलमा विश्व नम्बर १ आर्याना साबालेन्का र स्पेनकी पाउला बडोसाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल स्विटेक र कीजबीच हुनेछ ।

स्विटेकले क्वाटरफाइनल खेलमा नाभारोमाथि सहज जित दर्ता गरेकी थिइन् । उनले पहिलो सेट ६–१ र दोस्रो ६–२ ले जितिन् । स्विटेकले २३ जनवरी अर्थात भोलि सेमिफाइनलमा कीजसँग प्रतिस्पर्धा गर्नेछिन् ।

यस्तै, २४ पटकका ग्राण्डस्लाम च्याम्पियन सर्बियाका नोभाक जोकोभिच मंगलबार अस्ट्रेलियन ओपन २०२५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टेनिस ओलम्पिक च्याम्पियन जोकोभिचले पुरुष सिंगल्समा तेस्रो वरियताका स्पेनका कार्लोस अल्काराजलाई चार सेटको खेलमा पछि पार्दै पराजित गरेका हुन् ।

टेनिसमा ४ वटा ग्रान्ड स्लाम छन्स । बै चार वर्षमा खेलिन्छन् । यो जनवरीमा अस्ट्रेलियन ओपनबाट सुरु हुन्छ । फ्रेन्च ओपन मेमा खेलिन्छ, त्यसपछि विम्बल्डन जुलाईमा लन्डन, इङ्गल्याण्डमा हुन्छ । यूएस ओपन सेप्टेम्बरमा हुन्छ, यो वर्षको अन्तिम ग्रान्ड स्लाम हो । चारै प्रतियोगिताको ऐतिहासिक मान्यता फरक छ । सन् १८७७ मा सुरु भएको विम्बल्डन सबैभन्दा पुरानो ग्रान्ड स्लाम प्रतियोगिता हो ।