५ फाल्गुन २०८१, सोमबार
,
Latest
कीर्तिपुर “जलन अस्पताल”को पीडा सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा सभापति निर्विरोध स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय पक्राउ कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न, हिमालयन क्रिकेट एकेडेमी च्याम्पियन नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौँः मन्त्री पौडेल राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

सोमबार राति ड्रुक एयरलाइन्समार्फत् हङकङ जान लागेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

सुटकेशभित्र लागुऔषध जस्तो सेतो धुलो पदार्थ फेला परेको र त्यसबारे परीक्षण गरेपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

मंगलबार बिहान नै उक्त वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

ती चिनियाँ नागरिक हङकङबाट आएर पुनः त्यहीँ फर्किन लागेको पाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।