५ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः आर्सनलको सहज जित, फेयनुर्डसँग बायर्न पराजित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले क्रोएसियाको क्लब डिनामो जाग्रेवलाई ३–० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा डेक्लान राइस, काई हाभेर्ट्ज र मार्टिन ओडेगार्डले गोल गरे । जितसँगै आर्सनल ७ खेलबाट १६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा डिनामो भने ८ अंकका साथ २६ औं स्थानमा रहेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा डच क्लब फेयनुर्डले जर्मन क्लब बायर्न म्युनिखलाई ३–० गोलले हरायो । घरेलु टोलिको जितमा सान्टियागो गिमिनेजले दुई तथा एयासे उएडाले एक गोल गरे ।

फेयनुर्ड ७ खेलबाट १३ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने बायर्न १२ अंकका साथ १५ औं स्थानमा छ ।