काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।
गएराति भएको खेलमा पिएसजीले इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई ४–२ गोलले हराएको हो ।
घरेलु टोलिलाई जित दिलाउन ओस्माने डेम्बेले, ब्राड्ली बार्कोला, जोआओ नेभेस र गोन्कालो रामोसले गोल गरे ।
सिटीका ज्याक ग्रिलिस र एर्लिङ हालाण्डले गोल फर्काए ।
यो नतिजासँगै पिएसजी ७ खेलबाट १० अंकका साथ तालिकाको २२ औं स्थानमा छ भने सिटी ८ अंकका साथ २५ औं स्थानमा छ ।