४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन दुई हजार चार सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको तेस्रो दिन मंगलबार सुन–चाँदीको मूल्य घटेको छ । सोमबार नयाँ ऐतिहासिक मूल्य कायम गरेको सुनको मूल्य आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार नयाँ रेकर्ड बनाउदै छापावाल सुन प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।