१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समलिंगी विवाह गर्ने पहिलो जोडीलाई गृहमन्त्रीको बधाई



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपालका समलिंगी विवाह गर्ने पहिलो जोडी सुरेन्द्र पाण्डे र माया गुरुङ्ग लाई आफ्नै कार्यकक्षमा बोलाई बधाई दिनुभएको छ ।

गृहमन्त्री श्रेष्ठले सुरेन्द्र र मायाको दाम्पत्य जीवनमा खुसीयाली छाओस् भनेर शुभकामना दिनुएको पहिचान नेपालका सल्लाहकार सुनिलबाबु पन्तले जानकारी दिनु भयो ।

पन्तका अनुसार माया र सुरेन्द्रले पनि गृहमन्त्री श्रेष्ठलाई विवाह दर्ता सम्भव गर्न गृहमन्त्रालयले खेलेको सकारात्मक भूमिकाको लागि धन्यवाद दिएका थिए ।

गएको १४ गते नेपालमा पहिलोपटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको थियो  । दोर्दी गाउँपालिका– २ वडा कार्यालयले बुधबार रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डेबीचको विवाह दर्ता गरेर प्रमाणपत्र उपलब्ध गराएको थियो  ।