२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ वटा फिल्ममा हिरोइन बनेर पनि खासै चर्चामा रहिनन्, रणवीरसँगको ‘न्यूड सीन’ले बनायो चर्चित



अ+ अ-

एजेन्सी । सेन्सर बोर्डले बलिउड फिल्म ‘एनिमल’लाई एडल्ट सर्टिफिकेट दिएको कुरा पहिले नै स्पष्ट भइसकेको थियो । ट्रेलरपछि फिल्ममा धेरै हिंसा भएको चर्चा भए पनि दर्शकलाई चकित पार्ने कुरा भनेको फिल्ममा अभिनेत्री तृप्ती डिमरीको भूमिका हो ।

फिल्ममा, उनी दोस्रो हाफमा छोटो समयको लागि आउँछिन् र कथामा ठूलो ट्विस्ट सिर्जना गर्दछिन् ।

तर यो ट्विस्टको क्रममा उनले रणबीर कपूरसँग लभ मेकिंग सीन गरेकी छिन्, जसमा तृप्ती र नायक दुबै ओछ्यानमा नग्न देखिएका छन् । यो दृश्यले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ । फिल्मको यो दृश्यको क्लिपिङ भाइरल भएपछि अहिले मानिसहरू खोज्दैछन् को हुन् तृप्ती डिमरी ?

रणवीरसँगको यो इन्टिमेट सीनले तृप्तीलाई रातारात यति चर्चित बनाएको छ कि मानिसहरू उनको अघिल्ला फिल्महरूबारे जान्न चाहन्छन् । यदि तपाईंले हिन्दी सिनेमामा मसाला फिल्महरू मात्र पछ्याउनुहुन्छ भने, तपाईंलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि एनिमलमा क्यारेक्टर आर्टिस्टको रूपमा सानो भूमिका गरेकी तृप्ती यसअघि चारवटा फिल्ममा नायिकाको भूमिकामा देखिइसकेकी छिन् ।

उनको करियर छ–सात वर्षको छ । उनी पहिलो पटक श्रीदेवीको अन्तिम फिल्म ‘मम’मा सानो भूमिकामा देखिएकी थिइन् । त्यसपछि उनी सन्नी देओल, बबी देओल र श्रेयस तलपदेको फिल्म ‘पोस्टर ब्वाईज’मा देखिएकी थिइन् । तर उनको करियरलाई ठूलो उकास भयो जब निर्देशक इम्तियाज अलीले उनको फिल्म लैला–मजनुनमा मुख्य भूमिका दिए । तर यी फिल्महरु फ्लप भए ।

यसपछि तृप्तीले ओटीटीमा रिलिज भएका दुई फिल्म बुलबुल (२०२०) र काला (२०२२) मा मुख्य भूमिका निभाइन् । दुवै फिल्ममा उनको कामको निकै प्रशंसा भयो तर बलिउडका मुख्यधारका फिल्मका दर्शकमाझ उनी परिचित हुन सकिनन् । तर अब एनिमलले एकै चोटि सबै कुरा परिवर्तन गर्यो । फिल्ममा रणबीर कपूरसँगको लभ मेकिंग सीनमा उनको नग्न उपस्थिति चर्चामा छ ।

तृप्तीको दृश्यको क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । मानिसहरु सर्च इन्जिन र सोशल मिडियामा तृप्ती डिमरीलाई खोजिरहेका छन् ।