५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 2.06

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड, तोलामा १ लाख २१ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी  बजारमा आज लगातार दोस्रो दिन (सोमबार )पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आईतबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला आठ सयले बढेर सोमबार नयाँ ऐतिहासिक मूल्य कायम गरेको हो ।

सोमबार छापावाल सुन मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २१ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार मात्रै रेकर्ड बनाउदै सुन प्रतितोला एक लाख २० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी आईतबार कै मूल्यमा यथावत रहि प्रतितोला ५ रुपैँयाले बढेर १५ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।