२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड, तोलामा १ लाख २१ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी  बजारमा आज लगातार दोस्रो दिन (सोमबार )पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आईतबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला आठ सयले बढेर सोमबार नयाँ ऐतिहासिक मूल्य कायम गरेको हो ।

सोमबार छापावाल सुन मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २१ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार मात्रै रेकर्ड बनाउदै सुन प्रतितोला एक लाख २० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी आईतबार कै मूल्यमा यथावत रहि प्रतितोला ५ रुपैँयाले बढेर १५ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।