• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायो



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाको जितमा खेलको २८ औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक गोल बन्यो ।

योसँगै बार्सिलोना १५ खेलबाट ३४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको एट्लेटिको ३१ अंकका साथ चौंथो स्थानमा छ ।