६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात गोल भएको खेलमा लिभरपुलको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले फुलहमलाई ४–३ गोलले पराजित गरेको हो ।

खेलको २० औं मिनेटमा घरेलु मैदान एनफिल्डमा लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । अलेक्जान्डर आर्नल्डले फ्रिकिकबाट गरेको प्रहार पोस्टमा लागेर फुलहमका गोल किपर ब्रेन्ड लेनोलाई लाग्दै गोल हुन पुगेको थियो ।

२४ औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा ल्याए । ३८ औं मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई २–१ गोलले अघि बढाए । यता पहिलो हाफको इन्जुरी समयमा केन्नी टेटेले गोल गर्दै फुलहमलाई २–२ गोलको बराबरीमा ल्याए ।

८० औं मिनेटमा बबी डी कोर्डोभा रेडले गोल गर्दै फुलहमलाई ३–२ को अग्रता दिलाएका थिए । तर, लिभरपुलले दुई मिनेटमा दुई गोल गर्दै नतिजा उल्ट्यायो । ८७ औं मिनेटमा वाटरु एन्डोले गोल गर्दै लिभरपुललाई ३–३ गोलको बराबरीमा ल्याए भने ८८ औं मिनेटमा अलेक्जान्डर आर्नल्डले गोल गर्दै टोलीलाई ४–३ को जितसहित महत्वपूर्ण अंक दिलाए ।

योसँगै लिभरपुल १४ खेलमा ३१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । फुलहम १५ अंकका साथ १४ औं स्थानमा छ ।