२८ असार २०८३, आईतवार
,
Latest
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्छः सचेतक परियार बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द ‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’ बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित राप्तीमा बेपत्ता एक जनाको शव फेला इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर गोदावरी नदीबाट एक जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी र टोटेनहमको रोमाञ्चक बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सिटीको घरेलु मैदान इतिहाडमा खेलमा सुरुवाती अग्रता भने टोटेनहमले लिएको थियो ।

खेलको छैटौं मिनेटमा नै सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा सनले नै आत्मघाती गोल गरेपछि सिटी खेलको १–१ बराबरीमा आयो ।

सिटीका युलियन अल्भारेजले फ्रिकिकबाट प्रहार गरेको बलमा क्लियर गर्न खोज्दा सनले आत्मघाती गोल गर्न पुगे । उनको थाइमा लागेर गोल भएको थियो । ३१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ गोलले अघि बढाए । उनले अल्भारेजको पासमा गोल गरे ।

६९ औं मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै टोटेनहमलाई २–२ गोलको बराबरीमा ल्याए । उनले सनको पासमा डि–बक्स बाहिरबाट लेफ्ट कर्नरमा सुन्दर गोल गरे । यता, ८१ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई ३–२ गोलको स्थितीमा ल्याए । उनलाई एर्लिङ हालाण्डले पास उपलब्ध गराएका थिए ।

यता, ९० औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोटेनहमलाई ३–३ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए । जोनसनले क्रस गरेको बलमा उनले हेडरमार्फत गोल गरे ।

यो नतिजासँगै सिटी १४ खेलबाट ३० अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । सिटीको यो लगातार तेस्रो बराबरी हो । टोटेनहम समान खेलबाट २७ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । आर्सनल ३३ अंकका साथ शीर्षस्थानमा छ ।