६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी र टोटेनहमको रोमाञ्चक बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी र टोटेनहमले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सिटीको घरेलु मैदान इतिहाडमा खेलमा सुरुवाती अग्रता भने टोटेनहमले लिएको थियो ।

खेलको छैटौं मिनेटमा नै सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा सनले नै आत्मघाती गोल गरेपछि सिटी खेलको १–१ बराबरीमा आयो ।

सिटीका युलियन अल्भारेजले फ्रिकिकबाट प्रहार गरेको बलमा क्लियर गर्न खोज्दा सनले आत्मघाती गोल गर्न पुगे । उनको थाइमा लागेर गोल भएको थियो । ३१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ गोलले अघि बढाए । उनले अल्भारेजको पासमा गोल गरे ।

६९ औं मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै टोटेनहमलाई २–२ गोलको बराबरीमा ल्याए । उनले सनको पासमा डि–बक्स बाहिरबाट लेफ्ट कर्नरमा सुन्दर गोल गरे । यता, ८१ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई ३–२ गोलको स्थितीमा ल्याए । उनलाई एर्लिङ हालाण्डले पास उपलब्ध गराएका थिए ।

यता, ९० औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोटेनहमलाई ३–३ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए । जोनसनले क्रस गरेको बलमा उनले हेडरमार्फत गोल गरे ।

यो नतिजासँगै सिटी १४ खेलबाट ३० अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । सिटीको यो लगातार तेस्रो बराबरी हो । टोटेनहम समान खेलबाट २७ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । आर्सनल ३३ अंकका साथ शीर्षस्थानमा छ ।