८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताज महलको रंग फेरिँदै, किन भित्ता हरियो बन्दैछ ?



अ+ अ-

एजेन्सी । विश्वका सात आश्चर्यहरूमध्ये प्रसिद्ध ताज महलको सौन्दर्य हेर्न लायक छ । त्यसैले यसलाई हेर्न भारतभित्रका मात्र होइन विदेशबाट पनि ठूलो भीड जम्मा हुन्छ । सेतो संगमरमरले बनेको ताज महल चन्द्रमाको किरणमा निकै सुन्दर देखिन्छ ।

यद्यपि केही सञ्चारमाध्यमका अनुसार ताज महलको सेतो संगमरमर लामो समयसम्म सेतो रहने छैन, यो ऐतिहासिक सम्पदाले आफ्नो रंग बदलिरहेको छ ।

भारतीय पुरातत्व सर्वेक्षण (एएसआई) ले यसबारे गम्भीर चिन्ता व्यक्त गरेको छ । बढ्दो प्रदुषणका कारण यो बहुमूल्य संगमरमरमा क्षति मात्रै नभई यी भित्तामा कीरा पनि भेटिएको छ जसका कारण यसको रंग सेतोबाट हरियो हुने आशंका गरिएको छ ।

भारतीय पुरातत्व विभागको टोलीले ताज महल परिसरमा अध्ययन गरी ऐतिहासिक सम्पदा ताजमहल साना कीराबाट खतरामा परेको पत्ता लगाएका छन् । यी कीराहरूले संगमरमरको रंग बदलिरहेका छन्, जसका कारण पर्खालका केही भाग हरियो हुँदै गएका छन् ।

सन् २०१५ मा मात्रै यसको जानकारी प्राप्त भएको थियो, त्यसपछि यसलाई रोक्ने प्रयास भइरहेको छ । गोल्डी चिरोनोमस नामका यी कीराहरू ताज महलको सर्भे र मर्मतसम्भार टोलीका लागि ठूलो समस्या बनेका छन् ।

रिपोर्टहरूले देखाउँछ कि गोल्डी काइरोनोमस कीराहरू फोहोर र प्रदूषित पानीबाट पैदा हुन्छन् र तिनीहरूको संख्या द्रुत रूपमा बढ्छ । एउटा पोथी किराले एक पटकमा एक हजार अण्डा दिन सक्छ । यी कीराहरूको मलका कारण ताज महलका विभिन्न भागका पर्खालहरू सेतोबाट हरियो हुन थालेका छन् । यमुना नदीमा मार्च–अप्रिल र सेप्टेम्बर–अक्टोबरमा यी कीराहरूको खतरा बढी हुने गरेको छ ।

आगराको एएसआईका सुपरिटेन्डेन्ट पुरातत्वविद् राजकुमार पटेलले मिडियासँगको कुराकानीमा भने – एएसआईले ताज महलको सतहमा यी कीराहरूको बृद्धि रोक्नको लागि निरन्तर अध्ययन गरिरहेको छ । यी कीराहरूलाई पूर्ण रूपमा हटाउन एक वर्ष लाग्न सक्छ । अध्ययनले पत्ता लगाएको छ कि यी कीराहरू २८ देखि ३५ डिग्रीको तापक्रममा छिटो बढ्छ । तिनीहरूको प्रजनन चक्र कम गर्न औषधिहरू प्रयोग भइरहेको छ ।

यो गम्भीर समस्यालाई लिएर सन् २०१८ मा सुप्रिम कोर्टमा निवेदन दिएर चिन्ता व्यक्त गरिएको उल्लेख छ । विश्व सम्पदाको बदलिँदो रङ्गप्रति चिन्ता व्यक्त गर्दै सर्वोच्च अदालतले केन्द्र सरकारलाई पनि कडा आलोचना गर्दै स्मारकको मर्मत सम्भारमा गम्भीर हुन सुझाव दिएको थियो ।