• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका दम्पती पाण्डे र गुरुङलाई अमेरिकाको बधाई



काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका दम्पती सुरेन्द्र पाण्डे र माया गुरुङलाई नेपाल स्थित अमेरिकी दूतावासका मिशन उपप्रमुख जेसन मिक्सले बधाई दिनु भएको छ ।

दूतावासका अनुसार उहाँहरुको विवाह कानुनी रुपमा दर्ता भएकोमा मिशन उपप्रमुख मिक्सले बधाई दिनुभएको हो । दूतावासका अनुसार पाण्डे र गुरुङले स्वास्थ्य, वित्तीय, र अन्य महत्त्वपूर्ण जीवनका कोशेढुङ्गाहरूमा दम्पत्तिको रुपमा कानुनी मान्यता प्राप्त गर्नु कति महत्त्वपूर्ण हुन्छ भन्ने बारे पनि कुरा गर्नुभएको पनि जनाएको छ ।

गएको १४ गते नेपालमा पहिलोपटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको थियो  । दोर्दी गाउँपालिका– २ वडा कार्यालयले बुधबार रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डेबीचको विवाह दर्ता गरेर प्रमाणपत्र उपलब्ध गराएको थियो  ।