२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगमा आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच खेल हुँदैछ ।

दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ । दुवै टिम पहिलो जितको खोजीमा छन् । विरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग २–१ ले पराजित भएको थियो ।

चितवनले भने जारी प्रतियोगितामा आज तेस्रो खेल खेल्दैछ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौं स्थानमा छ । अंकविहीन वीरगञ्ज भने तालिकाको पुछारमा छ । प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।