• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

केपी ओली कप: फाईनलमा पुग्न एपिएफलाई मधेशले दियो १ सय ९८ रनको विशाल लक्ष्य



काठमाडौँ । केपी ओली टि२० कपको दोस्रो सेमिफाइनल खेलमा मधेश प्रदेशले नेपाल एपिएफ क्लबलाई १ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायो ।

मधेशका ओपनर अनिल शाहले र इमरान शेखले उत्कृष्ट अर्धशतकिय इनिङ खेले । अनिलले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५७ रन बनाए । इमरानले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन जोडे । दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गरेका थिए । पवन सरार्फ ३३, रुपेश सिंह २१, हिमान्शु दत्त १५, कप्तान हरिशंकर शाह १० तथा विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाए ।

एपिएफका स्पिनर मौसम ढकालले सर्वाधिक ३ विकेट लिदा अमरसिंह राउटेलाले २ विकेट लिए ।

यस खेलको विजेताले फाइनलमा शुक्रबार आर्मीसँग खेल्नेछ ।