• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

टी–२० सिरीजको तेस्रो खेलमा अष्ट्रेलियासँग हारेको भारतले टिममा गर्नसक्छ यी परिवर्तन



एजेन्सी । भारत र अष्ट्रेलियाबीचको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेल भोलि रायपुरमा हुँदैछ । रायपुरको सहीद वीर नारायण सिंह मैदानमा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:१५ बजेबाट सुरु हुदैछ ।

सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय टोली अष्ट्रेलियाविरुद्धको पाँच खेलको शृङ्खलामा २–१ ले अगाडि छ । यदि टीम इन्डियाले चौथो टी-२० खेल जित्यो भने सिरीज जित्नेछ । टीम इन्डियासँग अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज जितेर २०२३ विश्वकपको फाइनलमा भएको हारको बदला लिने मौका छ । तेस्रो टी–२० खेलमा भारत अष्ट्रेलियासँग पराजित भएको थियो । यस्तो अवस्थामा चौथो टी–२० खेलका लागि टीम इन्डियाको प्लेइङ इलेभेनमा ठूलो परिवर्तन हुनसक्छ ।

ओपनिंग कम्बिनेसन

भारतका ऋतुराज गायकवाड र यशस्वी जैसवालको जोडी निकै खतरनाक छ । यी दुबै ब्याट्सम्यान पावर प्लेमा रन बनाउन माहिर छन् । तेस्रो टी–२० म्याचमा रुतुराज गायकवाडले टी–२० क्रिकेटमा उत्कृष्ट शतक बनाएका थिए । उनका शतकका बाबजुत पनि टीम इन्डियाले हार बेहोर्नुपरेको थियो । चौथो टी–२० खेलमा पनि यशस्वी जैसवाल र ऋतुराज गायकवाडले ओपनिङ गर्न सक्नेछन् । यशस्वी जैसवाल र ऋतुराज गायकवाड एकै क्षणमा खेल परिवर्तन गर्न माहिर छन् ।

मिडिल अर्डर

चौथो टी–२० खेलमा विकेटकिपर ब्याट्सम्यान इशान किशनले तेस्रो नम्बरमा ब्याटिङ गर्न सक्छन् । श्रेयस अय्यर चौथो नम्बरमा ब्याटिङमा आउन सक्छन्। यस्तो अवस्थामा तिलक वर्माले प्लेइङ इलेभेनबाट बाहिर बस्नु पर्ने हुनसक्छ । कप्तान सूर्यकुमार यादव ५ नम्बरमा ब्याटिङ गर्न आउन सक्छन् । भारतीय टिम व्यवस्थापनले फिनिशर रिंकु सिंहलाई प्लेइङ इलेभेनमा ६ नम्बरमा ब्याटिङ गर्ने मौका दिन सक्नेछ ।

अलराउन्डर

अष्ट्रेलियाविरुद्धको चौथो टी–२० खेलमा अलराउन्डर वासिङ्टन सुन्दरलाई ७ नम्बरमा ब्याटिङ गर्ने मौका दिइनेछ । वासिङ्टन सुन्दरले अफ स्पिन बलिङबाट ब्याटिङमा टीम इन्डियालाई बलियो बनाउनेछन् । यदि वासिङ्टन सुन्दर खेले भने अक्षर पटेल प्लेइङ इलेभेनबाट बाहिर बस्नुपर्ने हुनसक्छ ।

बलिङ

लेग स्पिनर रवि बिश्नोईलाई स्पिन बलिङमा समावेश गर्न सकिन्छ। अष्ट्रेलियाका लागि रवि बिश्नोई सबैभन्दा ठूलो खतरा साबित हुनसक्छन् । कप्तान सूर्यकुमार यादवले फास्ट बलरमा प्रसिद्ध कृष्ण, आवेश खान र दीपक चाहरलाई मौका दिनेछन् । फास्ट बलर अर्शदीप सिंह प्लेइङ इलेभेनबाट बाहिरिने सम्भावना रहेको छ ।

चौथो टी–२० खेलका लागि भारतको सम्भावित प्लेइङ इलेभेन

रुतुराज गायकवाड, यशस्वी जैसवाल, इशान किशन (विकेटकीपर), श्रेयस अय्यर, सूर्यकुमार यादव (कप्तान), रिंकु सिंह, वाशिंगटन सुन्दर, दीपक चाहर, रवि बिश्नोई, आवेश खान र प्रशिद कृष्ण।