६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: बागमतीलाई हराउँदै आर्मी फाइनलमा



अ+ अ-

पोखरा । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाईनल खेलमा बागमतीले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ३९ रन बनाए। कुशल मल्लले ८ बलमा २७ रन बनाउदा विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ रन जोडे । सोमपाल कामी १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे ।

बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २विकेट लिए । प्रतिश जिसी , इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले समान १/१ विकेट लिए ।

यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेटकोे क्षतीमा १ सय २८ रन बनाएको थियो ।

बागमतीका लागी प्रतीक श्रेष्ठले अर्धशतकिय ईनिङ खेलेका थिए । उनले टीमको लागि सर्वाधिक ५० रन बनाएका थिए । कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ रन जोडेका थिए ।

बलिङतर्फ आर्मीका साहब आलमले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी २ र विवेक यादवले १ विकेट लिएका थिए ।

आर्मीले अब उपाधिका लागि दोस्रो सेमिफाईनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाईनलमा आज मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्दैछन् । फाइनल खेल शुक्रबार हुनेछ ।