२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० सिरिजः अष्ट्रेलियाविरुद्धको खेलमा भारतलाई पाकिस्तानको विश्व कीर्तिमान तोड्ने मौका



अ+ अ-

एजेन्सी । भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी–२० सिरिजको तेस्रो खेल आज गुवाहाटीमा हुँदैछ । यो खेल जितेमा भारतीय टोलीले सिरिज मात्र जित्ने छैन, विश्व कीर्तिमान पनि बनाउनेछ ।

भारतीय टोलीले पाकिस्तानलाई पछि पार्दै सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने टोली बन्नेछ । भारतले अहिलेसम्म २११ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये १३५ जितेको छ । यस्तै, ६६ खेल हार्दा ४ खेल भने बराबरीमा परेका छन् । ६ खेल अनिर्णित रह्यो ।

जहाँ पाकिस्तानले २२६ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये १३५ जितेको छ । उसले ८२ हार बेहोरेको छ भने ३ खेल बराबरीमा परेका छन् । पाकिस्तानका ६ खेल भने अनिर्णित भएका छन् । अर्थात् अर्को जितसँगै भारतीय टोलीले पाकिस्तानलाई उछिन्नेछ ।

घरेलु मैदानमा भारतले सबैभन्दा धेरै जित हात पारेको छ । टी–२० को समग्रतामा भारत पाकिस्तानको बराबरीमा भए पनि घरेलु खेलहरूमा भारतीय टोली पहिले नै शीर्ष स्थानमा छ । भारतले आफ्नो घरेलु मैदानमा ५२ खेल जितेको छ । विश्वको कुनै पनि टोलीले घरेलु मैदानमा यति धेरै खेल जित्न सकेको छैन ।

प्रतिद्वन्द्वी टोलीको घरेलु मैदानमा सबैभन्दा धेरै टी–२० खेल जित्ने हिसाबले पाकिस्तान भारतभन्दा थोरै अन्तरले अगाडि छ । पाकिस्तानले हालसम्म प्रतिद्वन्द्वी टोलीको घरमा ८४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमध्ये ४७ मा जित र ३२ मा हार बेहोरेको छ । भारतीय टोलीले प्रतिद्वन्द्वी टोलीको घरेलु मैदानमा ७४ खेल खेलेको छ । जसमा भारतले ४५ जित र २५ हार बेहोरेको छ ।