२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

खाद्यवस्तुका कारणले मृत्यु भएको सम्बन्धमा सबै उद्योगी, व्यवसायी दोषी बन्ने कानूनी प्रावधान राख्न नहुने- मन्त्री यादव (भिडियो सहित)

खाद्यवस्तुका कारणले मृत्यु भएको सम्बन्धमा सबै उद्योगी, व्यवसायी दोषी बन्ने कानूनी प्रावधान राख्न नहुने- मन्त्री यादव (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारणले मृत्यु भएको सम्बन्धमा सबै उद्योगी, व्यवसायी दोषी बन्ने कानूनी प्रावधान राख्न नहुने बताउनुभएको छ । 
शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ को प्रारम्भिक मस्यौदा प्रतिवेदनमाथिको छलफलका क्रममा बोल्दै मन्त्री यादवले खाद्यवस्तुको कारणले कसैको निधन भएमा उत्पादक कम्पनी तथा उद्योगी व्यवसायीलाई मात्रै दोषी देखाउन नहुने धारणा राख्नुभएको हो ।

नेपालमा कतिपय मृत्यु असन्तुलित खानाको कारण हुनेगरेको भन्दै उहाँले खाद्य पद्धार्थको सेवनका कारण निधन हुँदा उद्योगीलाई अपराधी बनाउने हो भने उद्योग, व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने उद्योगीहरुको गुनासो रहेको उहाँले बताउनुभयो । यद्यपी उत्पादक कम्पनी, उद्योगी, व्यवसायीलाई अनुशासनमा राख्नका लागि कारबाही, दण्ड, सजायको व्यवस्था राखेपनि कडा व्यवस्था राख्नु नहुनेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘उद्योगपतिहरुको भनाई के रह्यो भने हामीले फौजदारी मुद्धा लगाउँदाखेरी के आधार छ रु उसले कुनै प्रकारको उत्पादन गर्छ भने त्यो बजारमा जान्छ । बजारमा कति तहमा जान्छ रु तहबाइ तह जान्छ । त्यसकारणले अहिलेपनि नेपालमा असन्तुलित खानाको कारणले मान्छेको मृत्यू भएको छ । मानिसहरुले शरिरको क्षमताभन्दा बढी खाने । नसालु पदार्थ खान्छ मान्छेको मृत्यू हुन्छ । अनि त्यसको जिम्मेवारी को लिने रु मान्छेको खानपिनको कारणले पनि मृत्यू भएको हुन्छ । त्यसकारणले दण्ड, सजाय नै अपराधी नै बनाईदिने हो भने कुन उद्योगपतिले यहाँ काम गर्छ रु उहाँहरुले स्पष्ट भन्नुभयो, यो विधेयकमा यो प्रयोजन राख्नुभयो भने हामीले उद्योगधन्दा बन्द गरिदिनुपर्छ । त्यसकारणले एक लाखदेखि पाँच लाखसम्म मलाई लाग्छ ठिक छ । बढीभन्दा बढी गर्छ भने त्यसको अनुमति पत्र खारेज गरिदिऔँ । एउटा कुनै आधार राखिदिउँ उसको मनमा भय, त्रास होस् । उद्योग चलाउछ, उसले कुनै मान्छे हाम्रो उत्पादन गरेको चिज खाओस्, मृत्यू होओस् भन्ने चाहाना त कसैको पनि हुँदैन । कुनै नागरिकको हुँदैन । स्टेकहोल्डरसँग छलफल गरौँ । 

यस्तै मन्त्री यादवले खाद्यवस्तुको परिक्षण, निरिक्षण तथा बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने पनि बताउनुभयो । मुलुक संघीय संरचनामा रहेको भन्दै उहाँले संघीयताको मूल मर्म अधिकारको बाँडफाट भएकाले ऐनले आवश्यक अधिकारहरु स्थानीय तह र प्रदेशहरुलाई पनि दिनुपर्ने उहाँले बताउनु भयो । उहाँले खाद्य स्वच्छता तथा गुणस्तर विधेयकलाई अन्तिम रुप दिनु अघि उपभोक्ता हितसँग सम्बन्धित संघसंस्थाहरु, खाद्यविज्ञहरु, कानुनविद्हरु लगायत सरोकारवाला निकायहरुसँग छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।