• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

अग्रता उल्टाउँदै एस्टन भिल्लाले टोटेनहमलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्ला विजयी भएको छ । गएराति भएको खेलमा भिल्लाले टोटेनहमलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

खेलको २२ औं मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो होफको इन्जुरी समयमा पाउ टोरेसले गोल गर्दै एस्टन भिल्लालाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, खेलको ६१ औं मिनेटमा वली वाट्कीन्सले गोल गर्दै भिल्लालाई जित दिलाए ।

यो नतिजासँगै एस्टन भिल्ला १३ खेलबाट २८ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । टोटेनहम २६ अंकका साथ पाँचौं स्थानमा छ ।