३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण (भिडियो सहित)

काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण (भिडियो सहित)
अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिनका लागि हरेक नगरपालिकाले एन्टीजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताउनुभयो । यस्तै एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने  निर्णय पनि बैठकले गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले भन्नुभयो ‘काठमाडौं जिल्लाको हकमा खासगरी कोभिडको संक्रमणदर बढ्न नदिनको निम्ति हामीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने भनेर निर्णय गरेका छौं र हरेक नगरपालिकाले एन्टीजेन टेष्ट गर्ने, त्यसपछी नाकाका नगरपालिकाहरुले हेल्थ डेस्क स्थापना गर्ने, सम्पर्क व्यक्तिहरु पनि तोक्ने र संक्रमण भएको व्यक्तिहरुलाई पीसीआर टेष्ट गर्ने, कन्टयाक्ट ट्रेसिङ गर्ने भन्ने निर्णयहरु भएको छ ।’

यस्तै सबै नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्रहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिका भित्र कम्तिमा एकएकवटा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरकेो छ । यस्तै विद्यालयहरुमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीहरुलाई मास्क लगाउने देखि कक्षाकोठालाई व्यवस्थित गर्ने कार्य शिक्षा कार्यालय मार्फत गर्ने निर्णय पनि भएको पराजुलीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हरेक विद्यालयमा पनि चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, शिक्षा कार्यालय मार्फत त्यहाँको विद्यार्थी शिक्षकहरुलाई अनिवार्य रुपमा मास्क लगाउन लगाउने, कक्षा कोठाहरु व्यवस्थित गर्ने, साबुन पानीको व्यवस्था गर्ने, सेनिटाइजरको प्रयोग गर्ने भन्ने कुराहरु पनि भएको छ । हरेक नगरपालिकाले एउटाएउटा आइसोलेसन केन्द्र र क्वारेन्टाइनको व्यवस्था गर्ने र संक्रमित व्यक्तिहरुलाई तुरुन्त रिफर गर्ने भन्ने कुराहरु पनि भएको छ ।’

स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउने सम्बन्धमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका सुरक्षा निकायले प्रचार प्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगर्ने गरेको पाइएमा दण्ड जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । कोभिड–१९ का संक्रमितहरुको केस इन्भेष्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यवस्था स्थानीय तहमार्फत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

चीन सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोपलाई कोभिड–१९ खोप अभियान अन्तर्गत मिति २०७७ चैत्र २५ देखि १८ वर्ष उमेर देखि ५९ वर्ष उमेर समुहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, होटल, ट्रेकिङ्ग, विज्ञापन, इन्टरनेट, औषधि व्यापार र यसका प्रतिनिधि, प्राध्यापकहरु र काठमाडौं जिल्ला भित्रका विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिका लगायत अन्य कर्मचारीहरुलाई लगाउन सरोकारवाला निकायहरुले आपसमा समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै आजै देखि लागू हुनेगरी नेपाल प्रहरीले ठाउँठाउँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरु वितरण गर्ने, सार्वजनिक यातायातमा पनि अनुगमन गरेर अनिवार्य रुपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । उहाँले काठमाडौंमा संक्रमणदर बढ्न नदिने र सचेतना अपनाउने उद्देश्य राखिएको पनि बताउनुभयो ।