• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

‘एनिमल’का लागि ४ महिना ट्रेनिङ गरेका थिए बबीले, निर्देशक चाहन्थे रणवीरभन्दा बलियो देखिउन्



एजेन्सी । आगामी शुक्रबारदेखि विश्वव्यापी रुपमा रिलिज हुँदै गरेको फिल्म ‘एनिमल’ मा बबी देओलको खतरनाक लुक देखिनेछ । यो भूमिकाका लागि उनले ४ महिना निकै कठिन तालिम लिएका छन् ।

यो अवधिमा उनले मिठाईबाट पनि टाढिए । निर्देशक सन्दीप रेड्डी भांगाको माग थियो कि फिल्ममा बबीलाई रणवीर कपुरभन्दा बढी शक्तिशाली देखाउनुपर्छ ।

उनका व्यक्तिगत प्रशिक्षक प्रज्वल शेट्टीले बबीलाई यो लुकमा परफेक्ट ढाल्न धेरै मद्दत गरे । प्रज्वल आफैले एक अन्तर्वार्तामा बबीले आफ्नो तौल ८५ देखि ९० केजीसम्म रहनका लागि कडा डाइट अपनाएको बताएका छन् ।

इन्डिया टुडेलाई दिएको एक अन्तर्वार्तामा प्रज्वलले भने, ‘सोसल मिडियामा जसरी बबी सरको शरीर र लुक्सको चर्चा भइरहेको छ, त्यसबाट म खुसी छु । ‘रेस ३’ देखि नै उहाँलाई तालिम दिइरहेको छु । म उहाँसँग विगत छ वर्षदेखि छु । ‘एनिमल’ फिल्मका लागि मलाई चार महिनाको समय दिइएको थियो । निर्देशकले यी चार महिनामा बबी सरलाई खलनायकको रूप दिन चाहेका थिए । मलाई विश्वास गर्नुहोस्, हामी दुबैले ती चार महिनामा यो लुकको लागि धेरै मेहनत गर्यौं ।’

प्रज्वलले थपे कि निर्देशकले आफूलाई पहिले नै यस फिल्ममा बबी रणबीरभन्दा बलियो देखिनु पर्ने बताएका थिए । उनी थप्छन् ‘बबी सरलाई अझ मसल्समा हेर्न आवश्यक थियो । यसका लागि हामीले कडा मेहनत गरेका छौं । हामीले उहाँको शरीरको बोसो प्रतिशतलाई १२ मा घटाउने प्रयास गर्यौं र उहाँको तौल ८५–९० केजी रह्यो ।’

यस अवधिमा बबीले वजन प्रशिक्षणमा पनि धेरै ध्यान दिए । उनी हरेक दिन करिब एक घन्टा वेट ट्रेनिङ गर्थे । त्यसपछि उनले बिहान र बेलुका ४० मिनेट तीव्र कार्डियो गरे ।

बबी सरको परिवर्तनबाट निर्देशक निकै खुसी थिए । फिल्मको अन्तिम दृश्य छायांकनको दिन उहाँले मलाई भन्नुभयो – ‘तिमीले बबीको शरीरमा राम्रो काम गरेका छौ । तिमीले उसको रूपलाई मैले चाहेजस्तै आकार दियौ ।’

फिल्म एनिमलमा बबी देओल खलनायकको भूमिकामा देखिनेछन् । फिल्ममा बबीको चरित्र निकै अनौठो रहेको मिडिया रिपोर्टले दाबी गरेको छ । सार्वजनिक ट्रेलरमा देख्न सकिन्छ कि उनको एउटा संवाद पनि छैन । बबीको यस्तो भूमिका फ्यानका लागि सरप्राइज प्याकेजभन्दा कम छैन ।