२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मघाती गोलको फाइदाले बार्सिलोनाको बराबरी



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोली भालेकानोले खेलको ३० औं मिनेटमा युनाल लोपेजको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ८२ औं मिनेटमा भालेकानोका फ्लोरियन लेजेउनेले आत्मघाती गोल गर्दा बार्सिलोना हारबाट जोगियो ।

बराबरीसँगै बार्सिलोना १४ खेलबाट ३१ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । भालेकानो १९ अंकका साथ १० औं स्थानमा छ ।