२८ असार २०८३, आईतवार
,
Latest
कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन, विभिन्न क्षेत्रका कार्यक्रम प्रभावकारी बनाइने सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध व्यवसायी एकजुट, संशोधन नभए देशव्यापी आन्दोलनको चेतावनी नेपाली सेनाद्वारा घाइतको हवाई उद्धार पोखरामा आकस्मिक प्रदुषण परीक्षणः अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल लालपूर्जा तत्काल वितरण नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने सुकुम्बासी संगठनको चेतावनी मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय… दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया राष्ट्रिय विपद् प्राधिकरणको बैठकः मनसुन जोखिमबारे विवरण संकलन अद्यावधिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग चेल्सीको नमिठो हार, खायो चार



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा न्युक्यालले चेल्सीलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदान जेम्स पार्कमा भएको खेलमा न्युक्यासल एकपक्षीय हाबी बन्यो । खेलको १३ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

२३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफमा न्युक्यालले तीन गोल थप्यो । ६० औं मिनेटमा जमाल लासेलेस, ६१ औं मिनेटमा जोएलिन्टन र ८३ औं मिनेटमा एन्थोनी गोर्डनले गोल गरे ।

खेलको ७३ औं मिनेटमा रिकी जेम्सले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । यो नतिजासँगै न्युक्यासल १३ खेलबाट २३ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । चेल्सी १६ अंकका साथ १० औं स्थानमा छ ।




भर्खरै