२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल काई हाभट्र्जले गरे । उनले खेलका ८९ औं मिनेटमा गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए ।

उनी खेलको ७९ औं मिनेटमा गाब्रियल मार्टिनेलीको स्थानमा बैकल्पिक खेलाडीका रुपमा आएका थिए । बुकायो साकाले क्रस गरेको बलमा उनले हेडरमार्फत सानदार गोल गरे ।

जितसँगै आर्सनल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलको १३ खेलबाट ३० अंक छ । ब्रेन्टफोर्ड समान खेलबाट १६ अंकका साथ ११ औं स्थानमा छ ।