६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल काई हाभट्र्जले गरे । उनले खेलका ८९ औं मिनेटमा गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए ।

उनी खेलको ७९ औं मिनेटमा गाब्रियल मार्टिनेलीको स्थानमा बैकल्पिक खेलाडीका रुपमा आएका थिए । बुकायो साकाले क्रस गरेको बलमा उनले हेडरमार्फत सानदार गोल गरे ।

जितसँगै आर्सनल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलको १३ खेलबाट ३० अंक छ । ब्रेन्टफोर्ड समान खेलबाट १६ अंकका साथ ११ औं स्थानमा छ ।