७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको क्वारेन्टाइनमा बस्न भारतीयहरू आए



अ+ अ-

काठमाडौं । नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् । होटेल व्यवसायीहरूका अनुसार भारतीय नेपालका होटेलमा क्वारेन्टाइनमा बस्न आउने गरेका छन् । भारतीयहरू खाडी तथा अन्य मुलुकमा काम गर्न जान भारतबाट काठमाडौं आउने गरेका छन् । यहाँ क्वारेन्टाइन बसेपछि काम गर्न जाने मुलुकमा क्वारेन्टाइन बस्नु नपर्ने भएकाले भारतीयहरू काठमाडौंका होटेलमा क्वारेन्टाइन बस्न थालेका हुन् ।

होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यका अनुसार विगत केही सातादेखि दैनिक ५०० देखि ६०० सम्म भारतीय नागरिक क्वारेन्टाइन बस्नकै लागि काठमाडौंमा आउने गरेका छन् । यसले गर्दा पनि काठमाडौंका होटेलहरूको गतिविधि चलायमान बनाउन केही मात्रामा भए पनि टेवा पुगेको छ ।

‘काठमाडौंमा केही भारतीय आउन थालेका छन्,’ शाक्यले भने, ‘उनीहरू पर्यटकको रूपमा भन्दा पनि खाडी मुलुकहरूमा काम गर्न जानेहरू हुन् । काठमाडौंका होटेलहरूमा १४ दिन क्वारेन्टाइन बस्ने र त्यसपछि कामका लागि अन्य देश जाने गरेका छन् ।’ यसले होटेलहरूको अकुपेन्सीमा पनि झीनो सुधार देखिएको छ । कोरोना भाइरस र त्यसपछिको बन्दाबन्दी र निषेधाज्ञा हटेपछि हवाई उडान खुला हुँदा करीब २ देखि ३ प्रतिशतसम्म अकुपेन्सी थियो । अहिले त्यसमा झीनो सुधार हुँदै विगत २० दिनयता झन्डै ५ प्रतिशत पुगेको छ ।

मार्चमा झन्डै १५ हजार पर्यटक नेपालमा आएका छन् । नेपालको हस्पिटालिटी क्षेत्रको क्षमता २५ लाख पर्यटकलाई सेवा दिन सक्ने भएकाले अहिलेको संख्या अत्यन्त न्यून रहेको व्यवसायी बताउँछन् । कोरोना भाइरसको संक्रमण कम भएका बेला र खोप पनि प्रयोगमा आएपछि भने विदेशी पर्यटक आउने आकलनका बीच पुनः कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि पर्यटन व्यवसायीहरू थप सशंकित हुन थालेका छन् ।  आर्थिक अभियान दैनिकमा छ ।