• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

एनएसएलः काठमाडौं रेजर्सको सुखद् सुरुवात



काठमाडौँ । आजदेखि काठमाडौँमा सुरु भएको नेपाल सुपर लिग (एनएसएल)को पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्स विजयी भएको छ ।

काठमाडौँले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भएको एक मात्र गोल निर्णायक गोल काठमाडौँका राजीव लोप्चनले गरे । खेलको ५१ औँ मिनेटमा उनले कप्तान हिसुब थपलियाको पासमा गोल गरे ।

९ टोलीले यसपटकको एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् । इलाम स्पोर्टिङ, झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् ।

गत संस्करणको टोली काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटलव लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि प्रतिस्पर्धा गर्दैछन् ।