२८ असार २०८३, आईतवार
,
Latest
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय… दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया राष्ट्रिय विपद् प्राधिकरणको बैठकः मनसुन जोखिमबारे विवरण संकलन अद्यावधिक खरिपाटी होल्डिङ सेन्टर पुगे मन्त्रीहरू प्रस्तावित औद्योगिक सम्पती विधेयकले ब्राण्ड र बौद्धिक सम्पती संरक्षण गर्ने मधेस प्रदेश सभामा बजेट विवाद समाधानका लागि सात सदस्यीय विशेष संसदीय कार्यदल गठन पोखरामा अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ सदस्य पक्राउः २० करोड रुपैयाँको कारोबार बाँझो जग्गा सदुपयोग गर्न चितवनको माडी नगरपालिका ‘भूमि बैंक’ अवधारणा मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएलः काठमाडौं रेजर्सको सुखद् सुरुवात



अ+ अ-

काठमाडौँ । आजदेखि काठमाडौँमा सुरु भएको नेपाल सुपर लिग (एनएसएल)को पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्स विजयी भएको छ ।

काठमाडौँले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भएको एक मात्र गोल निर्णायक गोल काठमाडौँका राजीव लोप्चनले गरे । खेलको ५१ औँ मिनेटमा उनले कप्तान हिसुब थपलियाको पासमा गोल गरे ।

९ टोलीले यसपटकको एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् । इलाम स्पोर्टिङ, झापा एफसी र वीरगञ्ज युनाइटेडले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् ।

गत संस्करणको टोली काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटलव लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि प्रतिस्पर्धा गर्दैछन् ।