१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार उपत्यकामा अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह



अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले भोलि बिहिबार काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि मात्र सवारी साधनको प्रयो गर्न आग्रह गरेको छ ।

प्रहरीले काठमाडौँका विभिन्न स्थानहरुमा भोलि बिहीबार विभिन्न समूहले र्याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने भन्दै यस्तो आग्रह गरेको हो ।

साथै सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्न तथा ट्राफिक एफएम ९५.५ सुनी सडकको अवस्थाबारे जानकारी लिन आग्रह समेत गरिएको छ ।

यस्तै, सवारी साधन जुनसुकै स्थानबाट पनि डाइभर्सन हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ ।