• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ।

सोमबारदेखि बढ्दो क्रममा रहेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले बढेर एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी मंगलबार कै मूल्यमा यथावत रहि प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।