६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिल र अर्जेन्टिनाबीचको खेलमा ४२ फउल, ३ पहेँलो कार्ड र १ रातो कार्ड



अ+ अ-

काठमाडौँ । विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदान माराकाना स्टेडियममा १–० गोलले हरायो ।

अर्जेन्टिनालाई जित दिलाउन एकमात्र निर्णायक गोल निकोलास ओटामेन्डीले खेलको ६३ औं मिनेटमा गरे । खेलमा ब्राजिल र अर्जेन्टिनाका फ्यानहरुबीच स्टेडियमभित्रै हात हालाहाल भएपछि खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।

यसैबीच मैदान बाहिर मात्रै होइन खेलमा पनि दुबै टोलीबीच निकै फउल भए । ९० मिनेटमा थप ६ मिनेट खेलाइएको खेलमा ब्राजिलले २६ र अर्जेन्टिनाले १६ फउल गर्यो । दुबैतर्फबाट ४२ फउल भए । ब्राजिलका ३ खेलाडीले पहेँलो तथा एक खेलाडी जोएलिन्टले रातो कार्ड खाए ।

ब्राजिलले घरेलु मैदानमा विश्वकप छनोट खेल हारेको यो पहिलो पटक हो ।

जितसँगै अर्जेन्टिना शीर्षस्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १५ अंक छ । यता ब्राजिल समान खेलबाट ७ अंकका साथ छैटौं स्थानमा छ ।