२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः अर्जेन्टिनाद्वारा ब्राजिल पराजित



अ+ अ-

काठमाडौँ । विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदान माराकाना स्टेडियममा १–० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन एकमात्र निर्णायक गोल निकोलास ओटामेन्डीले गरे । उनले खेलको ६३ औं मिनेटमा गोल गरेका हुन् । खेलमा ब्राजिल र अर्जेन्टिनाका फ्यानहरुबीच स्टेडियमभित्रै हात हालाहाल भएपछि खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।

खेलको ८१ औं मिनेटमा ब्राजिल १० खेलाडीमा समेटियो । जोएलिन्टनले अर्जेन्टिनाका डी पलमाथि फउल गरेपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

ब्राजिलले घरेलु मैदानमा विश्वकप छनोट खेल हारेको यो पहिलो पटक हो ।

जितसँगै अर्जेन्टिना शीर्षस्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १५ अंक छ । यता ब्राजिल समान खेलबाट ७ अंकका साथ छैटौं स्थानमा छ ।