• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घर टहरा निर्माण गर्न कांग्रेसले श्रमदान गर्ने



काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोट र रूकुम (पश्चिम)का भूकम्प प्रभावित क्षेत्रका पिडित परिवारलाई यथाशिघ्र अस्थायी घर टहरा निर्माण गर्न श्रमदान गर्ने भएको छ ।

मंगलबार महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले सो निर्णय गरेको हो ।

श्रमदान गर्न यथाशिघ्र एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने कांग्रसले निर्णय गरेको छ ।

उक्त समूहहरुले एक हप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने कांग्रेसले जनाएको छ ।

यस्तै, श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर संचालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरु परिचालन गर्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार प्रभावित क्षेत्रमा पठन–पाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोवस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्नेछ ।

यस्तै, नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडैनै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने कांग्रेसले जनाएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिले भूकम्प प्रभावित क्षेत्रका अति विपन्न तथा जिविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुर्नस्थापना सम्वन्धी अध्ययन गरि आवश्यक साधन स्रोत उपलब्ध गराई सहयोग पुर्याउने पनि सो पार्टीले जनाएको छ ।

यस्तै, कांग्रेसले भूकम्प प्रभावित क्षेत्रका अस्थायी घर टहरा निर्माणमा श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम कर्तव्य र कार्यक्षेत्र बारे बैठकमा आएका सुझावका आधारमा तयार गरिएको कार्यविधि पारित गरेको छ ।