४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.59

Wind: 1.54

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य पाँच सय रूपैयाँले बढेर प्रतितोला एक लाख १६ हजार रूपैयाँ दुई सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । हिजो छापावाल सुन प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख १५ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेर १४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।