२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता इटाली युरो–२०२४ का लागि छनोट



अ+ अ-

काठमाडौँ । साविक विजेता इटाली सन् २०२४ को युरोका लागि छनोट भएको छ । छनोटको आफ्नो अन्तिम खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटालीले जर्मनीमा अर्को वर्ष हुने प्रतियोगितामा स्थान बनाएको हो ।

इटालीसँगै चेक गणतन्त्र र स्लोभेनियाले पनि अबको युरोका लागि टिकट काटेका छन् । प्रतियोगितामा सिधा प्रवेशका लागि इटालीलाई युक्रेनविरुद्धको खेलमा हार टार्न आवश्यक थियो ।

समूह ‘सी’ अन्तर्गतको यस खेलमा इटालीले हार ब्यहोरेको भए, अर्को महिना हुने प्ले–अफ खेल्नुपर्ने थियो ।

सन् २०१८ र २०२२ को विश्वकपमा छनोट हुन नसकेको इटालीले युरो २०२० भने जितेको थियो । कोरोना भाइरसकाका कारण उक्त युरो कप २०२१ मा आयोजना भएको थियो ।