• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

प्रतितोला दुई सय रूपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनको मूल्य बढेको छ ।

आज छापावल सुन प्रतितोला दुई सय रूपैयाँले बढेर एक लाख १५ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार एक सय ५० रूपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी आईतबार कै मूल्यमा स्थिर रहि प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।