१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

कथा: हेल्लुस

कथा: हेल्लुस
अ अ+ अ-

चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र विरत्ति भरिन्थ्यो।

ऊ चारैतिर हेर्दैथिई, कोही हेरिरहेको छ छैन ? त्यस्तो हुँदैन थियो । त्यस बखतसम्म त चितुवासमेत अदृश्य भइसकेकी थियो ।
वास्तवमा त्यो चितुवा पनि थिएन । त्यो हेल्लुस नाउँ गरेको जनावर हुन्थ्यो । स्थानीय वासिन्दाले त्यसको नाउँ त्यही राखेका थिए । चितुवासित केही मिल्दाजुल्दो देखिन्थ्यो । हेल्लुसका पनि पञ्जा र नङ्ग्रा थिए । जुङ्गा थिए । सबभन्दा मिल्ने कुरा थियो हेल्लुस पनि त्यत्तिकै बलशाली र फुर्तिलो थियो । हुनसक्छ कैयौँ गुना बढी पनि होस् ।

यसलाई लिएर स्थानीय वासिन्दाका दुई मत थिए । एक – यस जातिमा नर मात्र, पाइन्छ, पोथी हुँदैन । दुई – यसले विभिन्न आकृति धारण गर्न सक्छ।

दुवै कुरामा वैज्ञानिकता थिएन । पहिलोलाई नै हेरौँ । जुन जन्तुमा पोथी नै हुँदैन, त्यसमा भाले मात्र कसरी जीवित रहन सक्तछ र यो वशंगत वा अन्य दृष्टिबाट पनि सम्भव थिएन । जाति नै लोप हुनसक्ने क्रो आफ्नो ठाउँमा छँदै थियो । यो कुनै पनि जीवजन्तु र मनुष्यमा समेत असम्भव थियो । त्यसैगरी अर्को धारणा पनि तथ्यात्मक लाग्दैन थियो । कतैकतै कुनै जीवको रङ बदलिने आकार फेर्ने कुरा त सुनिन्थ्यो । तर विभिन्न रूप वा आकृति धारण गर्न सक्छ, यो नमिल्ने कुरा हो । त्यसपछि पनि यस कथामा जसरी रूपफफेरेको पाइन्छ त्यो त झन्‌ असम्भव नै थियो । तर चलनचल्तीको कुराका अघिल्तिर कसैको केही लाग्दो रहेनछ । विश्वास भने पनि, अन्धविश्वास भने पनि कनै फरक पर्दैन ।

हाम्री यो नायिका लगभग पच्चीस-छब्बीस वर्षकी छे । यसको पति पाँच वर्ष विदेशमा बसेर आएको छ । पाँच वर्षअघि जङ्गल छेउछाउको यस इलाकामा लोग्नेको नियुक्ति कूनै पदमा भएको थियो । यो पनि बताइदिजँ तिनीहरूको प्रेम वा विवाह पनि भएको थिएन । घर भरिभराउ थियो । आमाबाबु, भाइबहिनी, अन्य यथोचित नातेदारले ।

जङ्गालनजिक उसको क्वार्टर थियो । बिहे गरेर यसै क्वार्टरमा दुलही भित्र्याएको थियो । यसबाट बुझ्न सकिन्छ तिनीहरूको घर थिएन । कतै पहाडमा भए कुन्नि ?

विवाहको वर्ष दिन निकै आशा, उत्साह र उत्तेजनामा बितेको थियो । एउटा रात पनि यस्तो बित्दैन थियो, जब तिनीहरू तृप्त नभएका हुन्‌ । नायिका यस तृप्तिलाई पर्खिरहन्थी । यस्तो तृप्ति कहिलेकाहीँ दिउँसै पनि प्राप्त हुन्थ्यो । घरमा कोही नभएर केवल तिनीहरू हुँदा ।

हाम्रो कथा कहाँबाट थालिन्छ भने एक दिन लोग्नेले एउटा अवसर पाउँछ । बाहिर जाने मौका । तीनदेखि पाँच वर्ष । अवसर केका लागि प्राप्त गर्छ, त्यो यहाँ जरुरी देखिएन ।

उ आफ्नी स्वास्नीलाई छाड्न चाहँदैन थियो । लोग्ने तृप्तिलाई सँगै लिएर जान चाहन्थ्यो । त्यो तत्काल सम्भव भएन । तृप्तिले सम्झायो, हाम्री यस नायिकाको नाउँ तृप्ति नै राखिदिँदा कसो होला ! त यो तृप्ति आधी खिन्न, आधी प्रसन्न भई ।

श्रीमती वा सन्तान लग्ने कुनै प्रावधान थिएन । सन्तान त छँदा पनि थिएन । तृप्ति खिन्न थिई, लामो समयसम्म लोग्नेसित छुट्टिनुपर्ने भयो । तृप्तिले तृप्तिबाट वञ्चित हुनुपर्ने भयो, इत्यादि । उसलाई आफ्नो नाउँ पनि फेरिदिउँजस्तो लागेको थियो । फेर्न सकिन । नाउँ त हामीले राखेका थियौँ नि त !

प्रसन्नता पनि थियो एक कुनामा । लोग्ने फर्केपछि आफ्नै एउटा भव्य घर हुन्छ, गाडी हुन्छ, त्यो पक्का थियो । सन्तान हुन्छ, तिनको भविष्य हुन्छ । अहिले त आफ्नै भविष्य पनि हुन्छु, भन्न सकियो । त केही समयको बाईबाई र म्वाइपछि स्वास्ती सन्तुष्ट भई ।

लोग्ने हिँड्यो अर्थात्‌ उड्यो । देशको नाउँ पनि जरुरी भएन । अमेरिका, युरोप, अस्ट्रेलिया … यस्तै भनिदिउँ । जरुरी त भविष्यको भव्यता थियो ।

तृप्ति त्यतैको एउटा रिसोर्टमा रिसेप्सनिस्ट थिई । रिसेप्सनिस्टको आधा अर्थ हुन्छ, राम्री पनि थिई । कहिलेकाहीँ कुनै विदेशीले उसको शरीर र सौन्दर्यको राम्रै प्रशंसा गरिदिन्थ्यो। ऊ मुसुक्क हाँसिदिन्थी । पार्ट अफ द जब । प्रसन्नता अफ द जब पनि हो, केही अंशमा ।

यता आएर ग्राहक कम भएको आधारमा होटेलले कर्मचारी छँटनी गरिदियो । त्यसमा तृप्ति पनि परी । जति सौन्दर्य भए पनि हेर्ने मानिस भएन भने, तलब ख्वाउन सक्ता रहेनछन् ।

अब तृप्ति एक प्रकारले हेर्ने हो भने, एकदम स्वतन्त्र भई । त्योभन्दा बढी एकदम एक्ली थिई । घरमा सब हुन्थे । तृप्त हुन्न थिई । उ आफ्नो एक्लोपनमा हुन्थी ।

घरमा समस्याहरू हुन्थे । तृप्ति त्यसमाथि छलफल गर्थी । समाधान पनि झिक्न खोज्थी । समय काटिन्थ्यो । उसको एक्लोपन केही मात्रामा काटिन्थ्यो ।

बेलुकी पुस्तक पढेर समय काट्न खोज्दथिई । तर यो पनि स्थायी समाधान हुन नसत्तै गएको लाग्यो उसलाई । तै पनि वर्ष दिन उसले दिनदिनै पुस्तक पढेर रात काटी । दिन घरको काम, कुराकानी अधवा कहिलेकाहीँ किनमेल गरेर पनि बित्थ्यो । कुरो रातको थियो। वर्ष दिनपछिकै एक चकमन्न रातमा हो, उसको त्यो चितुवासित भेट भएको थियो

अर्थात्‌ हेल्लुससित ।

आधी रातको एकान्तमा उसको हात आफ्नै शरीरको कुनै ठाउँमा पुगेको थियो। उसलाई थाहा थिएन, कसरी ? सबथोक अनायास । केही समय उसले कतैकतै आफूलाई हलुका सुमसुम्याएकी थिई । हुनसक्छ, थकाइका कारण । हुनसक्छ, भित्रको परम एक्लोपनमा बाहिर आफ्नो सङ्गत खोज्न । उसलाई केही सञ्चो पनि लागेको होस्‌। केही मात्रामा आफ्नो सङ्गत पाएजस्तो पनि लागेको होस्‌ ।

त्यसपछि उसले बिस्तारो चोर औँलाले आफ्नो शरीरको वीणाको एउटा तार चलाई, सारा शरीर झनन्न गर्यो । शरीरभरि एउटा ध्वनि तलदेखि माथिसम्म कम्पित हुन थाल्यो। त्यसबखत हो, उसले पहिलोपटक हेल्लुसलाई देखेकी थिई ।

हेल्लुसले उसलाई सुम्सुम्यायो । अलिकति नखक्षत दियो होला । त्यसपछि त्यो चितुवाको आकार धारण गरेर शरीरभरि लम्पसार पर्यो । वीणाको झड्कारका साथै हेल्लुसले उसलाई कस्दै गयो । हेल्लुस न्यानो र तातो थियो । उसको शरीरले नरम न्यानो अनुभव गर्यो । शरीरभरि तनक्क तन्किँदै । एकै छिनपछि वीणा शान्त भयो । त्यसैबखत उसले चितुवाको अनुहारलाई आफूबाट झड्कारेर उछिट्याइदिई । त्यस्तो शक्ति उसमा कसरी आएको थियो , कुन्नि ?

उसको सारा शरीर निर्जीव किसिमले शान्त भएको थियो । त्यति मात्र होइन, ग्लानि अनुभव भइरहेको थियो । ग्लानि र पश्चाताप मिश्रित तृप्ति । पहिले तृप्ति अनि ग्लानि। पहिले वीणाको कम्पन, त्यसपछि दिगमिग । पहिले एक्लोपनमा आफ्नो सङ्गत, पछि आफ्नै सङ्गत पनि छुटेर घोर एक्लोपन भोगेको एकलास ।

दुईचार दिन केही भएन । अर्थात्‌ किताब पढेर निदाइरही । निकै समयपछि एक दिन फेरि वीणाको तार तन्केर आयो । कसले तन्काइदिएको थियो एक्कासी, उसलाई ज्ञान भएन यसको चारैतिरको एक्लोपनले हुनसक्छ । तन्केर आउनासाथ लाग्यो उसलाई ज्वरांश छ । यो तापलाई बढाउनु जरुरी छ । उसको औंलो तार तन्काउँदै र्‌ छाड्दै तापमानमा वृद्धि गराउँदै , आँखा चिम्लेर बेजोडसित कम्पित हुन थाल्यो । सङ्गीत फुट्न थाल्यो उसको शरीरभरि

त्यस्तैमा हेल्लुस आयो र उसित खेल्न थाल्यो । कहिले त्यो कुनै विशाल चरा बन्थ्यो, कहिले गैँडा । एकपटक त्यो चितुवा अथवा गैँडा भएर उसको शरीरभरी लम्पसार परेको बखत उसले देखी – अचानक त्यो उसको अफिसको एउटा टाइपिस्ट केटामा परिणत भयो, टाइपिस्टको बलिष्ठ शरीरभरि ऊ समेटिई । टाइपिस्टले उसलाई कसेर अँगालोमा बेर्यो । छातीभरि छाती थिचियो ।सास र आवाज बनेर सुनिन थाल्यो । आवाज अश्वाव्य भयो । सब आँखा चिम्लिरै।

त्यसपछि कम्पन, सङ्गीत, अँगालो सब शान्त । अदृश्य हेल्लुस गायब। बाँकी पछुताउ । के भयो यो ? ग्लानि किन भएको ?

यही थियो, तृप्ति र हेल्लुसको सम्बन्धको घनिष्ठता । त्यो आउँथ्यो । कहिलेकाहीँ त्यो उसको लोग्नेजस्तो पनि देखिन्थ्यो । तब त्यति ग्लानि हुन्थ्यो कि हुन्नथ्यो पछिबाट यो जान्ने हामीसित कुनै ठोस आधार भएन । अनुमान जे गरे पनि भयो।

हेल्लुस कहिले उसको छिमेकको एउटा ठिटो बनिदिन्थ्यो, जो उमेरमा ऊ भन्दा कान्छो थियो र उसलाई दिदी भन्ने गर्दथ्यो । कहिले आफ्नो अफिसको हाकिम बनिदिन्थ्यो । एकपटक त हेल्लुस पहिले कुकुरमा परिणत भयो । त्यसपछि उसकै नाता पर्ने एउटा यस्तो केटोमा परिणत भइदियो, जसको जुँघाको रेखी पनि भर्खर बसुँ कि नबसूँ भन्ने दोधारमा थियो ।

उसलाई ज्ञान हुँदैन थियो । हेल्लुस आएपछि मात्र त्यो कुनै मनुष्यमा परिणत हुन सक्थ्यो । किशोरदेखि कोकोसम्म भन्न कठिन । हेल्लुस तब मात्र आउँथ्यो, जब सितार तन्किन थाल्दथ्यो । सितारको तन्काइसितै हेल्लुस प्रकट भइहाल्थ्यो । अनि तृप्तिले तार बजाउन थालेपछि ऊ नजिकिँदै जान्थ्यो । कम्पित र तृप्त हुँदै जान थालेपछि हेल्लुस उसको शरीरभरि व्याप्त भएर विविध मनुष्य रूप धारण गर्न थाल्दथ्यो । उसलाई झन्‌ कम्पित तुल्याउँदै जान हेल्लुस यस्तो रूप धारण गर्दथ्यो । कहिले कुनै एक । कहिले दुई तीन पनि। कहिले जल हारसहित बलिष्ठ पाखुरा र चौडा छातीको रूप लिन्थ्यो । कहिले हेल्लुस कुनै रूप धारण नगर्दै लुटुपुटु गरेर अलप हुन्थ्यो । तृप्तिलाई, तृप्ति र अतृप्तिबीचमा छाडेर । ग्लानि र एकान्तमा छाडेर । भ्रमित छाडेर ।

केवल एकैछिन । एकैछिनमा सब समाप्त हुन्थ्यो । हेल्लुस अदृश्य । ऊ लस्तपस्त । पश्चाताप भरिएको । ग्लानि छरिएको मन । कहिले बेसी कहिले कम । भोलिदेखि कम्पित नहुने वाचा आफैसित । औँला नियन्त्रणमा राख्ने । चाहिएन सङ्गीत । यी सङ्गीतभन्दा एकान्त राम्रो । शून्यता राम्रो । यो सङ्गीतभन्दा बेग्लिनु राम्रो । नीरसता राम्रो । उदासी राम्रो।

एक दिन त उसले औँलाहरूमा सियोले घोची पनि । तर सियोको घाउ भरिन कति दिन लाग्थ्यो र? त्रमश ऊ सङ्गीतमय बन्न थाल्दथिई ।

दिउँसो उसलाई केहीको सम्झना हुँदैन थियो । उसको शरीर । सितार होइन , संयन्त्रात्मक बनेझैँ लाग्थ्यो ।

त्यसो त हेल्लुसलाई पनि यदाकदा सम्झन्थी । तर त्यो सम्झनामा धेरै वितृष्णा हुन्थ्यो । जस्ती एउटा पशुलाई हेय ठानिरहेकस् होस् ।

यो पशुले कसैलाई मारेको अथवा मांसाहारी बनेको प्रमाणा कहिल्यैफेला परेको थिएन । यतिजस्तै यसका कथा पनि धेरै प्रचलित थिए । यति र हेल्लुसमा एउटै अन्तर थियो । यति अझै प्रमाणित हुन बाँकी थियो । हेल्लुसलाई मानिसहरू यदाकदा देख्ने गर्दथे , भन्दछन । त्यो चुपचाप कुनै ढिस्कोमाथि बसिरहेको हुन्थ्यो । सम्भवतः एक्लोपनको विक्षोभमा । त्यसरी पोथी हुन्न भन्ने धारणा थियो नि त ?

हेल्लुस के थियो ! यसमा धेरै भनाइ प्रचलित थिए । मानिसको धारणा थियो, कुनै जन्तु अन्य प्रजातिको जन्तुसित कुनै खास ग्रहनक्षत्र मिलेको बेला लायो भने हेल्लुसको जन्म हुन्छ । अर्को भनाइ पनि थियो – हेल्लुस सबै जनावरको अलिअलि अंश मिलेर बनेको प्राणी हो। तर यो मिसिने प्रक्रिया के हो त्यसबारे कसैलाई ज्ञान थिएन । अनि त्यसरी भाले मात्र किन निर्मित हुन्छु, त्यसको पनि उत्तर थिएन ।

साभार : ध्रुवचन्द्र गौतम समग्र कथाबाट