२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डविरुद्धको खेलमा मोहम्मद शामीले गराए कीर्तिमानको वर्षा



अ+ अ-

एजेन्सी । भारतीय बलर मोहम्मद शामीले वानखेडे मैदानमा आफ्नो किलर बलिङको साथ भारतीय फ्यानलाई भरपुर मनोरञ्जन दिलाए । न्युजिल्यान्डका कुनै पनि ब्याट्सम्यानले शामीको बलको जवाफ पाउन सकेनन् ।

भारतीय फास्ट बलरले आफ्नो घातक बलिङले न्युजिल्याण्डको ब्याटिङ अर्डरलाई तितरबितर पारे । शामीले न्युजिल्यान्डका एक–दुई नभई सात जना ब्याट्सम्यानलाई प्याभिलियन पठाएर फाइनलमा भारतको स्थान पक्का गरे ।

मोहम्मद शामी एकदिवसीय क्रिकेटको इतिहासमा भारतका लागि एक इनिङ्समा ७ विकेट लिने पहिलो बलर बनेका छन् । शामीले उत्कृष्ट बलिङ गर्दै ५७ रनमा सात विकेट लिए । शामीले हानेको यो जादुई स्पेल ५० ओभरको क्रिकेटमा भारतको उत्कृष्ट बलिङ स्पेल पनि हो ।

यस्तै, शामी एकदिवसीय विश्वकपमा सर्वाधिक ५ विकेट लिने बलर पनि बनेका छन् । यस मामिलामा उनले अष्ट्रेलियाका दिग्गज बलर मिचेल स्टार्कलाई पछाडि छोडेका छन् । शामीले एकदिवसीय विश्वकपमा चौथो पटक एक इनिङमा पाँच विकेट लिने कीर्तिमान बनाएका छन् ।

शामी विश्वकपको एक सिजनमा तीन खेलमा पाँच वा सोभन्दा बढी विकेट लिने विश्वकै पहिलो बलर समेत बनेका छन् । शामीले विश्वकप २०२३ मा तेस्रो पटक पाँच विकेट लिएका थिए । शामीले लिग चरणको खेलमा न्युजिल्यान्डविरुद्ध पाँच विकेट लिएका थिए । यो विश्वकपमा शामीले न्यूजिल्याण्डविरुद्धको दुई खेलमा कुल १२ विकेट लिए ।

शामी एकदिवसीय विश्वकपको एउटै संस्करणमा सर्वाधिक विकेट लिने बलर पनि बनेका छन् । फास्ट बलरले यस मामिलामा जाहिर खानलाई पछाडि छोडेका छन् । शामीले विश्वकप २०२३ मा हालसम्म ६ खेलमा २३ विकेट लिएका छन् । जाहिरले सन् २०११ मा कुल २१ विकेट लिएका थिए ।