२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपको दोस्रो सेमिफाइनल: नकआउटमा तेस्रोपटक आमनेसामने हुँदै अष्ट्रेलिया र दक्षिण अफ्रिका



file photo
अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेल आज बिहीबार हुँदैछ । पाँच पटकको च्याम्पियन अष्ट्रेलिया र आफ्नो पहिलो विश्वकप उपाधिको खोजीमा रहेको दक्षिण अफ्रिकाबीच कोलकाताको इडेन गार्डेन स्टेडियममा दिउँसो सवा २ बजे खेल सुरु हुनेछ ।

अस्ट्रेलियाले ९औं पटक र दक्षिण अफ्रिकाले ५औं पटक एकदिवसीय विश्वकपको सेमिफाइनल खेल्नेछ । दक्षिण अफ्रिका एकपटक पनि फाइनलमा पुग्न सकेको छैन ।

दुवै टोली प्रतियोगिताको इतिहासमा तेस्रो पटक सेमिफाइनलमा भिड्दैछन्, यसअघि सन् १९९९ र २००७ मा पनि नकआउटमा दुवै टोली आमनेसामने भएका थिए । अष्ट्रेलियाले दुवै पटक खेल जितेको थियो ।

अष्ट्रेलियाले ८ वटा विश्वकप सेमिफाइनल खेलेको छ, टोलीले आज ९ औं पटक सेमिफाइनल खेल्नेछ । आठ खेलमा टोलीले एक पटक मात्र हार बेहोरेको छ भने बाँकी छ खेलमा जित निकालेको छ । एक खेल बराबरी भएपनि अंक तालिकामा राम्रो स्थान बनाएका कारण टोली फाइनलमा प्रवेश गरेको थियो ।

अर्कोतर्फ ४ सेमिफाइनल खेलेको दक्षिण अफ्रिकाले ३ खेलमा हार बेहोरेको छ भने एक खेल बराबरीमा पर्यो । सन् १९९९ मा अष्ट्रेलियासँग नै खेल टाई भएको थियो तर, दक्षिण अफ्रिकाले अंक तालिकाको कारण फाइनलमा स्थान पाउन सकेन ।

विश्वकप बाहेक एकदिवसीय क्रिकेटमा पनि यी दुई टोलीबीच कडा प्रतिस्पर्धा छ । प्रतियोगिताअघि यी दुईबीच दक्षिण अफ्रिकामा ५ खेलको एकदिवसीय शृङ्खला भएको थियो जसमा अष्ट्रेलिया ३–२ ले पराजित भएको थियो ।

दुई टोलीले कुल १०९ खेल खेलेका छन् । जसमा अष्ट्रेलियाले ५० र दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ । ३ खेल टाई हुँदा एक खेल अनिर्णित रह्यो । विश्वकपमा दुई टोलीबीच ७ खेल भएका छन् । जसमध्ये दुवै टोलीले ३–३ खेल जितेका छन् भने एक खेल टाईमा सकिएको थियो ।

विश्वकपमा अस्ट्रेलियाको सुरुवात खराब रह्यो । टोली पहिलो खेलमा आयोजक भारतसँग ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा टोली दक्षिण अफ्रिकासँगै १३४ रनले पराजित भएको थियो ।

लगातार २ हारपछि अष्ट्रेलियाले सानदार पुनरागमन गर्दै त्यसपछिका ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनायो । टोलीले श्रीलंकालाई ५ विकेटले, पाकिस्तानलाई ६२ रनले, नेदरल्यान्ड्सलाई ३०९ रनले, न्यूजिल्याण्डलाई ५ रनले, इङ्ल्यान्डलाई ३३ रनले, अफगानिस्तानलाई ३ विकेटले र बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो । लगातार ७ जितपछि १४ अंकसहित टोली सेमिफाइनलमा प्रवेश गरेको हो ।

दक्षिण अफ्रिका प्रतियोगिताको दोस्रो उत्कृष्ट टोलीको रुपमा रह्यो । पहिलो खेलमा श्रीलंकाविरुद्ध ४२८ रन बनाएको टोलीले १०२ रनले जितेको थियो । खेलमा टोलीका तीन ब्याट्सम्यानले शतक प्रहार गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १३४ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो दबदबा देखाएको थियो तर नेदरल्यान्ड्ससँग रन पछ्याउने क्रममा टोली विखण्डित भयो र खेल ३८ रनले पराजित भयो ।

नेदरल्याण्ड्ससँगको हारका बाबजुद दक्षिण अफ्रिकाले पुनरागमन गर्दै डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई २२९ रनले र बंगलादेशलाई १४९ रनले हराएको थियो । टोलीले पहिले ब्याटिङ गर्दै ४ खेल जितेको थियो । उनीहरूको अर्को खेल पाकिस्तानसँग थियो, टोलीले यहाँ पछ्यायो र डेथ ओभरसम्म चलेको खेलमा एक विकेटले जित्यो । लगातार ३ जितपछि टोलीले तालिकाको शीर्ष स्थानमा रहेको न्यूजिल्याण्डलाई १९० रनको ठूलो अन्तरले पराजित गर्यो ।

७ मध्ये ६ खेल जितेर दक्षिण अफ्रिकाले आयोजक भारतसँग खेलेको थियो । कोलकाताको पिचमा रन पछ्याउने क्रममा टोली २ सय ४३ रनले पराजित भएको थियो । अन्तिम खेलमा टोलीले अफगानिस्तानलाई पराजित गरेको थियो । ९ खेलमा ७ जितसहित १४ अंक जोडेको टोली अंक तालिकाको दोस्रो स्थानमा रह्यो ।