२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भारतले राम्रो खेल्दैछ तर सेमिफाइनल खेल्ने चारै टिम बराबर छन्’



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेल आज बुधबार भारत र न्यूजिल्याण्डबीच हुँदैछ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ । खेलअघि न्यूजिल्याण्ड टोलीका कप्तान केन विलियम्सनले पत्रकार सम्मेलनमा सेमिफाइनल खेल्ने चारै टोली बराबर रहेको बताए ।

विलियम्सनले विश्वकप भारतका लागि उत्कृष्ट रह्यो तर आफूहरुले पनि राम्रो क्रिकेट खेलेको बताउँदै सेमिफाइनल खेल्ने सबै टोली बराबर रहेको उल्लेख गरे ।

न्यूजिल्याण्ड टोलीका कप्तान विलियम्सनले भने ‘हामीलाई विश्वकपको सेमिफाइनलका लागि अण्डरडगको ट्याग दिइएको कारणले केहि पनि परिवर्तन गर्न आवश्यक छैन । यो विश्वकपमा भारतले उत्कृष्ट प्रदर्शन गरेको छ, तर मलाई लाग्छ हामीले पनि राम्रो खेल्यौं । हामी तपाईलाई बताउछौं कि अण्डरडग त्यो टोलीलाई दिइन्छ, जसको प्रदर्शन अपेक्षा भन्दा राम्रो भएको भनिन्छ ।’

विलियम्सनले अगाडि भने ‘भारतीय टोली अहिले विश्वको उत्कृष्ट टोलीमध्ये एक हो, तर जब हाम्रो दिन हुन्छ, तब हामी आफ्नो उत्कृष्ट प्रदर्शन गर्छौँ र विपक्षी टोलीलाई चुनौती दिन्छौँ । हामी हाम्रो राम्रो दिनमा जे पनि गर्न सक्छौं । कसैलाई पनि हराउन सक्छौं ।’

विलियम्सनले जब ठूला टूर्नामेन्ट खेलिन्छ तब खेलाडीहरूले बल र ब्याटबाट कसरी खेल्ने भनेर जान्नुपर्ने बताउँदै आफ्ना टोलीका सबै खेलाडीहरू आफ्नो भूमिकाबारे राम्ररी जानकार रहेको बताए ।




भर्खरै