२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

उही टिम, उही विश्वकप र सेमिफाइनलमै भिडन्त



अ+ अ-

एजेन्सी । चार वर्ष चार महिना पाँच दिनपछि इतिहास दोहोरिने छ । एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल भारत र न्युजिल्याण्डबीच मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ । जुलाई १०, २०१९ मा एकदिवसीय विश्वकपको पहिलो सेमिफाइनल पनि यी दुई टोलीबीच भएको थियो ।

धेरै यस्ता तथ्य र कारकहरू छन् जुन २०१९ मा जस्तै यस पटक पनि उस्तै छन् । यद्यपि, टोली संयोजन र अवस्था धेरै हदसम्म फरक हुनेछ ।

भारतः
विराट अब कप्तान छैनन्, प्लेइङ–११ मा ६ परिवर्तनः २०१९ मा, विराट कोहली भारतको कप्तान थिए । उनको स्थानमा अहिले रोहित शर्माले कमाण्ड गर्नेछन् । महेन्द्र सिंह धोनी, ऋषभ पन्त, दिनेश कार्तिक, भुवनेश्वर कुमार र युजवेन्द्र चहल पछिल्लो सेमिफाइनलमा खेलेका थिए, तर यस पटक टोलीमा छैनन् । धोनीले सन्यास लिएका छन् भने बाँकी खेलाडी छनोट हुन सकेनन् । हार्दिक पाण्ड्या २०१९ मा खेलेका थिए र यस पटक पनि टोलीमा थिए तर चोटका कारण उनी बाहिर भए ।

न्युजिल्याण्डः
२०१९ जस्तै यस पटक पनि केन विलियम्सन न्यूजिल्याण्डको टिमको कमाण्डमा छन् । तर, यसपटक प्लेइङ–११ मा ६ परिवर्तन हुने निश्चित छ । २०१९ को सेमिफाइनल खेलेका मार्टिन गुप्टिल, हेनरी निकोल्स, रोस टेलर र कोलिन डे ग्रान्डहोम यस पटक टोलीमा छैनन् । टेलर र ग्रान्डहोमले सन्यास लिएका छन् । २०१९ मा खेलेका जिमी निशम टोलीमा छन् तर चोटका कारण यस पटक खेल्ने छैनन् । म्याट हेनरी पनि घाइते भएर प्रतियोगिताबाट बाहिरिएका छन् ।

अंकतालिकाः
सन् २०१९ र २०२३ को विश्वकपको अंक तालिकामा भारत शीर्षस्थानमा र न्युजिल्यान्ड चौंथो स्थानमा रह्यो । यसको मतलब यो मामिलामा कुनै परिवर्तन छैन । तर, सन् २०१९ को तुलनामा यस पटक दुवै टोलीको लिग खेलको प्रदर्शनमा पक्कै फरक छ ।

सन् २०१९ मा भारतले सेमिफाइनलअघि ७ खेल जितेको थियो । टोलीले १ खेलमा हार बेहोरेको थियो भने १ खेल (न्युजिल्यान्डविरुद्ध) वर्षाका कारण रद्द भएको थियो । यसपटक भारतीय टोलीले सबै ९ खेल जितेको छ । यसको मतलब टोली शतप्रतिशत जितका साथ नकआउट खेल्दैछ ।

न्युजिल्याण्डले २०१९ को सेमिफाइनलअघि ९ खेलमध्ये ५ जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो । १ खेल (भारत विरुद्ध) वर्षाका कारण रद्ध भएको थियो । यसपटक पनि न्युजिल्यान्डले ५ खेल मात्र जितेको छ तर हारको संख्या ४ पुगेको छ । अर्थात् यसपटक उसले ५६ प्रतिशत खेलमा जित र ४४ प्रतिशतमा हार ब्यहोर्यो ।

खेलमैदान र अवस्थाः
यी क्षेत्रमा सबैभन्दा ठूलो परिवर्तन भएको छ । सन् २०१९ विश्वकपको सेमिफाइनल खेल इंग्ल्याण्डको म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा भएको थियो । यस पटकको सेमिफाइनल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । म्यानचेस्टर सामान्य अंग्रेजी अवस्था भएको मैदान हो । यहाँ सीम र स्विङ मुभमेन्टले फास्ट बलरहरूलाई फाइदा पुर्‍याउँछ । मुम्बईमा दिनमा धेरै मुभमेन्ट हुँदैन तर दोस्रो इनिङ्समा नयाँ बललाई लाइटमुनि सामना गर्न गाह्रो हुन्छ ।

के भएको थियो अघिल्लो सेमिफाइनलमा ?
२०१९ को सेमिफाइनलमा भारतले पहिले बलिङ गर्यो र न्युजिल्याण्डलाई मात्र २३९ रन बनाउन लक्ष्य दियो । त्यस दिन वर्षाका कारण खेल सम्पन्न हुन सकेन । त्यसपछि खेल रिजर्भ डे मा भयो । टीम इन्डियाले ९२ रनमा ६ विकेट गुमाएको थियो । पछि धोनी र जडेजाले राम्रो साझेदारी गरे तर अन्ततः भारत १८ रनले पराजित भयो ।

वानखेडेमा भएको एकदिवसीय खेलमा भारत ५७ प्रतिशत र न्युजिल्याण्डले ६६ प्रतिशत खेल जितेका छन् । यो मैदानमा भारतले अहिलेसम्म २१ ओडिआई खेलेको छ । टोलीले १२ खेल जित्दा ९ खेलमा पराजित भयो । यसको मतलब यहाँ टोलीको सफलता दर ५७ प्रतिशत छ । यस मैदानमा टोलीले २०११ को एकदिवसीय विश्वकपको फाइनल पनि जितेको थियो ।

न्युजिल्याण्डले मुम्बईमा ३ ओडिआई खेलेको छ जसमा २ मा जित र १ खेलमा पराजित भएको छ । यहाँ किवी टोलीको सफलता दर ६७ प्रतिशत छ । सन् २०१७ मा पनि न्युजिल्याण्डले यसै मैदानमा भारतलाई ६ विकेटले पराजित गरेको थियो ।

जारी विश्वकपमा भारतले यस मैदानमा १ खेल खेलेको छ (श्रीलंका विरुद्ध) । जसमा भारतीय टोलीले श्रीलंकालाई ३०२ रनले पराजित गरेको थियो । यता, न्यूजिल्याण्डको भने यस मैदानमा यो पहिलो खेल हुनेछ ।