२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

रुखमा उल्टो झुण्डिएर पूरै जीवन बिताउने विचित्रको अल्छे जीव

रुखमा उल्टो झुण्डिएर पूरै जीवन बिताउने विचित्रको अल्छे जीव
अ अ+ अ-

एजेन्सी । अंग्रेजी भाषामा एउटा शब्द छ– स्लोथ (Sloth) । स्लोथको अर्थ सुस्त हो। यो शब्द अल्छे तथा सुस्त व्यक्तिलाई सम्बोधन गर्नको लागि प्रयोग गर्ने गरिन्छ । मध्य तथा दक्षिण अमेरिकाको घना जंगलमा एउटा विचित्रको जीव पाइन्छ । त्यसको नाम पनि स्लथ नै हो । रमाइलो त के छ भने, अंग्रेजी भाषाको स्लथको अर्थ अल्छे वा सुस्त भन्ने अर्थ ठ्याक्कै यो जीवसँग मिल्न जान्छ । किनभने, यो जीवको आनीबानी र पूरै जीवन प्रक्रिया नै पनि अत्यन्तै सुस्त हुन्छ ।

सामान्यत: रुखमा झुण्डिएर बस्ने यो जीव हप्ता दशदिनमा पानी खान मात्र जमीनमा आउँछ ।  जमीनमा आएको बेला यो आफ्नो ढाडको आडमा अति  मुश्किलका साथ बस्छ वा अति कष्टपूर्वक अत्यन्तै विस्तारै हिँड्छ । अन्यथा, यसले आफ्नो पूरै जीवन नै रुखमा उल्टो झुण्डेरै बिताउँछ ।

रुखमा एक स्थानबाट अर्को स्थानमा सर्दा पनि यो जीव उल्टो झुण्डरै अति सुस्त गतिमा चल्छ । यो कतिसम्म सुस्त हुन्छ भने, रुखमा स्थान सर्दा पनि यसले एक मिनेटमा मुश्किलैले ४, ५ फिटको दुरी पार गर्न सक्छ । त्यसैले यो जीव जमीनमा अति कठिनाईपूर्वक हिँड्छ ।

यो जीवको गति मात्र हैन, प्रत्येक गतिविधि तथा शारीरिक प्रक्रियाहरु नै पनि अत्यन्तै सुस्त हुन्छ । यसका नाडीको गति मांसपेशीहरुको गति तथा मानसिक परिवर्तन लगायतका सम्पूर्ण क्रियाहरु अत्यन्तै सुस्त हुन्छ ।

यसको शारीरिक प्रक्रियाहरु कक्तिसम्म सुस्त हुन्छ भन्ने कुराको एउटा उदाहरण त, यसको खाना पच्ने समयबाटै पनि अनुमान गर्न सकिन्छ । हामी मान्छेले खाएको खाना पच्न ५,६ घण्टाको समय लाग्छ । तर स्थलले खाएको खानेकुरा पच्न ६-७ हप्तासम्म लाग्छ ।

स्लथ स्तनपायी जीव हो । यसको अगाडि दुई वटा र पछाडि दुई वटा गरी जम्मा चारवटा खुट्टटा हुन्छन् र प्रत्येक खुट्टामा दुई वा तीन वटा औंलाहरु हुन्छन् । तिनै औलाहरुको मद्दतले स्लथले रुखको हाँगाविंगाहरुलाई बलियोसँग समातेर उल्टो झुण्डिन्छ ।

स्लथ सामान्यतस् १६ देखि २९ इन्चसम्मको हुन्छ । यसको चौडा तर छोटो टाउकोमा दुईवटा ठुला आँखा, थेप्चो नाक र राम्ररी विकसित नभएको छोटो कान हुन्छ । यसको पुरै शरीर खरानी–खैरो रंग भएको छोटो रौंले ढाकिएको हुन्छ । यसको रौं पछाडिपट्टि फर्केर गएको हुनाले त्यसबाट सजिलै पानी तर्कन्छ । यसको पुच्छर पनि सानो नै हुन्छ ।

सामान्यतः स्लथ लामो आयु भएको जीव मानिन्छ । यसको औसत आयु १० वर्ष जति मानिन्छ । आफ्नो पूरै जीवन रुखमा नै उल्टो झुण्डिएर बिताउने भएकोले होला, यसको हात लामो हुन्छ र राम्ररी विकसित भएको हुन्छ । यसको अगाडिको खुट्टाको औंलाहरुभन्दा राम्ररी विकसित भएका तथा लचिला हुन्छन् ।

स्लथ दिउँसको समयमा सुत्छ र सुत्दाखेरि लयाउँछ र अगाडिको दुई खुट्टाको बीचमा आफ्नो लुकाउँछ । स्लथको प्रमुख दुश्मन चितुवा र हर्पी नाम गरेको बाज हो ।

तर कतिपय स्लथको शरीरमा हरियो लेउ लागेको हुन्छ, जसले गर्दा यसको रंग र रुखको पातको रंग समान देखिने हुनाले शत्रुबाट बच्न यसलाई सजिलो हुन्छ । त्यसबाहेक, स्थानीय आदिवासीहरुले पनि यसको शिकार गर्ने गर्छन् ।

यो जनावर सामान्यतः अति नै शान्त जनावर हो । यसले कराएको वा आवाज निकालेको विरलै सुनिन्छ । तर कहिलेकाही यसले अति नै मधुृरो आवाज निकाल्छ । प्रत्येक वर्ष स्लथले एउटा बच्चा जन्माउच्छ ।

यसको बच्चा नहुर्किन्जेल आमाकै शरीरमा टाँसिएर बस्छ । वैज्ञानिकहरुका अनुसार, प्राचीनकालमा स्लथ जमीनमा पनि बस्थ्यो । आजभन्दा १० हजार वर्ष पहिले पश्चिमी गोलार्द्धको जमीनमा पाइने त्यस्ता स्लथहरु हात्ती जत्रा हुन्थे ।