२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’

रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेका जलविद्युत आयोजनासहितका भौतिक पूर्वाधारको पुनर्निमाणमा तीनै तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य आवश्यक रहेको उनीहरुको भनाइ छ ।

बैठकमा बोल्दै  नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद उर्मिला अर्यालले जलवायु परिवर्तन र बाढीबाट उत्पन्न चुनौती सामना गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउनु भयो । उहाँले जलवायु पुनरुत्थानका लागि छुट्टै मोडल र विश्वव्यापी मञ्च निर्माण गर्न नेपालले पहल गर्नुेपर्नेमा जोड दिनुभयो । सांसद अर्यालले सिँचाइ, जग्गा व्यवस्थापन, परम्परागत खेती प्रणाली र मानव बस्तीको व्यवस्थित विकासमा ध्यान दिनुपर्ने बताउँदै कृषि, वन तथा बस्ती व्यवस्थापनका लागि भूदृश्य नक्साङ्कन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जलवायु पुनरुत्थानका लागि हामीले एउटा छुट्टै मोडल  र ग्लोबल प्ल्याटफर्म पनि बनाउनुपर्ने आवश्यकता छ । यसको लागि नेपाल सरकारले पहल गरोस् । अस्ती भर्खरका बाढीका घघटनाहरुले यो कुराहरुको हामीले धेरै अनुभव पनि गरेका छौँ, भोगेका पनि छौँ । अब पानीको आवश्यकता, सिँचाइको साधन, जग्गा व्यवस्थापन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि अवलम्बन गर्नुपर्ने आवश्यकता पनि छ । पछिल्लो समय ग्लोबल वार्मिङको चुनौतीहरु धेरै  तेर्सिएर आयो र हाम्रो परम्परागत व्यवस्थापन पद्धति समेत बिर्सिँदै गएका छौँ । हामीले परम्परागत खेती प्रणाली, पुनर्बास लगायतका कुरामा पनि हामीले ध्यान दिनुपर्छ । अनि कृषि प्रणाली, वन व्यवस्थापन, मानव बस्तीको लागि ल्याण्डस्केप म्यापिङ हुनु जरुरी देख्छु ।  त्यसको लागि राम्रै किसिमले ल्याण्ड म्यापिङ गरेर र हामीले एउटा व्यवस्थित तरिका र योजनाबद्ध तरिकाले यी कामहरु गर्नुपर्ने आवश्यकता देखिन्छ । अन्तर्राष्ट्रिय ग्लोबल वार्मिङको असर मूलतः कमजोर आर्थिक स्थिति भएको मुलुकले सामना गरिरहेको छ । ग्लोबल इस्युहरुमा आधिपत्य जनाउने केही ठूला देशहरुको इन्क्रोचमेन्टको प्रभाव हाम्रो देशले भोग्नुपरेको छ । यसको लागि ग्लोबल इस्यु हामी नेपालले विश्व समुदायको ध्यानाकर्षण गराउन आवश्यक छ ।’

नेपाली काँग्रेसकी सांसद कमला पन्तले जलवायु प्रतिकार्यका विषयमा तीन तहको सरकारबीच आवश्यक हुन नसकेको बताउनु भयो । उहाँले बाढी प्रभावित क्षेत्रका प्रदेश र स्थानीय तहसँग मिलेर संघीय सरकार अघि बढ्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुयो । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ । सांसद पन्तले बाढीका कारण विद्युत् क्षेत्रको विकासमा असर पारेसँगै हिमनदीबाट विद्युत उत्पादन गर्न सकिने सम्भावनाप्रतिको उत्साहसमेत कमजोर हुँदै गएको बताउनु भयो । बाढीले पर्यटन विकासमा समेत बाधा पु¥याएको उल्लेख गर्दै उहाँले पर्यटकको मनोबल बढाउन र नेपालमा पर्यटक आकर्षित गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तीन वटा सरकारको बीचमा समन्वय छैन । यो संघीय सरकार घोडा चढेर हिँड्या छ । यो घोडा चढेर हिँडेको सरकारले तललो दुइटा टायरलाई देख्नै सक्दैन । यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौँ कि जस्तो लाग्छ । तीन तहको सरकारबीच समन्वयकारी भूमिकामा लैजानको लागि संघीय सरकारले पहल त गर्नुपर्यो नि । अनि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई काम गर्न पनि दिनुपर्यो । हाम्रो सम्पती भनेको विद्युत विकास थियो । बाढीले सबै समाप्त पार्दियो । अब हिमनदीहरूमा विद्युत उत्पादन गर्न सकिन्छ भन्ने उत्साह चाहिँ कमजोर हुँदै गएको अवस्था छ  । पर्यटकीय विकासमा पनि बाढीले बाधा उत्पन्न गरेको छ । पर्यटकको मनोबल कसरी बढाउने र नेपालमा आकर्षित कसरी गर्ने भनेर हामीले एउटा कार्यक्रम बनाउन आवश्यक छ ।’

नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि वित्तीय व्यवस्थापन र जलवायु कोष परिचालनलाई प्राथमिकता दिनुपर्ने दिनुपर्ने बताउनु भयो । उहाँले कोप–३१ सम्मेलनमा जलवायु वित्तको विषय प्रभावकारी रूपमा उठाउन तयारी गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद देवकोटाले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि आवश्यक कानूनी व्यवस्था गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न समेत राष्ट्रिय प्रकृति संरक्षणको जिम्मेवारी छ । यसको जलवायु प्रतिकार्यका लािग वित्तीय व्यवस्थापन र कोष ल्याउने कुरालाई समेत हामीले प्राथमिकताका साथ लाग्नुपर्छ । यसका लागि विशेष पहल होस् । र  कोप ३१ मा जाँदाखेरि जलवायु वित्तको विषयमा प्रभावकारी तयारी गरेर उजिानुपर्छ । अहिले जोखिममा भएको लामटाङ र मनास्लु संरक्षण क्षेत्र आसपासका लागि नागरिकको आवागमनमा सहज बनाउन समेत पहल गर्नुहोस् । मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि हामीले कानून नै बनाएर जानुपर्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले विपद्पछिको पुनर्निर्माण तथा पुनबार्स गर्दा परम्परागत खेती प्रणालीलाई छुटाउन नहुने धारणा राखे । –न्युज एजेन्सी नेपाल