२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष

जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डा. मनिषराज पाण्डेले जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि जलवायु उत्थानशीलताका कार्यक्रम कार्यान्वयनमा जोड दिनुभएको छ ।

बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा आधारित दृष्टिकोणबाट सरकार अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

जलवायु उत्थानशीलता बढाउने कार्यक्रमलाई नीतिगत रूपमा अघि बढाउँदै प्रभावकारी कार्यान्वयनमा उहाँको जोड छ । उहाँले जलवायु प्रतिकार्यका लागि विश्व समुदायदेखि प्रभावित नागरिकले प्रतिवद्धताहरुको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

उहाँले नेपालका हिमतालहरू जोखिममा रहेको उल्लेख गर्दै सम्भावित विपद् रोक्न प्रभावकारी पूर्वयोजना, भूउपयोग योजना र जलवायु अनुकूलन विकासको आवश्यकता रहेको पनि बताउनुभयो । उहाँले हिमताल विस्फोट तथा नदी प्रणालीमा आउने विपद्बाट हुनसक्ने क्षति न्युनिकरण सरकारको प्राथमिकतामा हुनुपर्नेमा समेत जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समयका विपद्का घटनाहरु हेर्दा जलवायु प्रतिकार्यका लागि अब हामीले रिएक्टिभ एप्रोचबाट प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था छ । अगामी दिनमा जलवायुजन्य विपद्का घटनाहुन नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरु अपनाउने,जलवायु उत्थानशीलतालाई प्रत्यक्ष रुपमा सघाउ पुर्याउने खलाका कार्यक्रमहरु नीतिगत रुपमा सञ्चालन गर्ने र प्रभावकारी कार्यान्वयनमा लैजाने कुरा महत्वपूर्ण हो । जलवायु परिवर्तन र यसले पारिरहेको प्रभाव विश्वव्यापी समस्या हो । पछिल्लो समय जलवायु परिवर्तनको असर विश्वव्यापीदेखि लोकल लेभलको इस्यु भइरहेको छ । त्यसकारण यसको असर न्युनिकरणका लागि हामी सबैबाट कमिटमेन्ट आउनुपर्नेछ । आइरहेको छ । जलवायु प्रतिकार्यका लागि विश्व समुदायदेखि प्रभावित भइरहेका नागरिकहरुले समेत एक प्रकारको प्रतिवद्धता गर्छौँ । तर त्यसको कार्यान्वयनको अवस्था के हो त ?’

उहाँले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित नागरिकको पुनःस्थापन गर्दा परम्परागत बसोवास, अधिकार र संवेदनशीलतालाई समेत ध्यान दिनुपर्ने बताउनु भयो ।

स्थानीय तहमा जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि दीर्घकालीन र समाधानमुखी नीति निर्माणमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल