२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष

नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जीवि प्रसाद पोखरेलले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण तथा व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि नीतिगत तथा व्यवस्थापकीय समस्या कारण कोषले धेरै चुनौतीको सामना गर्नु परिरहेको बताउनु भयो ।

उहाँले राष्ट्रिय प्रकृति संरक्षण कोषले वार्षिक ६ सयभन्दा बढी वन्यजन्तुको उद्धार गर्दै आएको उल्लेख गर्दै सिमित स्रोतका कारण वन्यजन्तुको उद्धारको विषय समेत चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले उद्धार गरिएका वन्यजन्तुलाई आवश्यक उपचारपछि सम्भव भएसम्म प्राकृतिक बासस्थानमै छाड्ने गरिएको तथा केहीलाई चिडियाखानामा राख्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले झापाको बाहुनडाँगीमा हात्तीको आतंक नियन्त्रण पनि चुनौतीका रूपमा रहेको बताउनु भयो । हात्ती नियन्त्रणका लागि विश्व बैंकको सहयोगमा १८ किलोमिटर र सरकारको आर्थिक लगानीमा ८३ किलोमिटरसम्बन्धी काम सम्पन्न भएको समेत उहाँले जानकारी दिनुभयो । उहाँे वन्यजन्तुबाट खेतीपातीमा हुने क्षति कम गर्न बर्दियामा बेसार र क्यामोमाइलजस्ता वैकल्पिक बालीको नमुना खेती गरिएको समेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो लागि मुख्य चुनौती भनेको मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण तथा व्यवस्थान रहेको छ । यसको लागि नीतिगत कुरादेखि अन्य धेरै कुरामा समस्या भइरहेको छ । अर्को मुख्य चुनौती भनेको वन्यजन्तुको उद्धारको विषय हो ।  वाइल्डलाइफ रेस्क्युमा वास्तवमा राष्ट्रिय प्रकृति संरक्षण स्पेसलाइज्ड संस्था हो । हामीले वार्षिक रुपमा ६ सयभन्दा बढी वन्यजन्तुहरुको उद्धार गरिरहेका हुन्छौँ । राम्रो अवस्थामा वन्यजन्तुलाई आवश्यक उपचार गरेपछि जंगलमै छोड्छौँ । केही हामीले चिडियाखानामा पनि राख्नुपर्ने हुन्छ । हामीले कोषको क्षमाताले भ्याएसम्म यो काम गरिरहेका छौँ । राष्ट्रिय वन्यजन्तु विभाग र वन विभागसँग सहकार्य गरेर र हामीले प्रदेश, स्थानीय सरकारसँग मिलेर मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण र वन्यजन्तुको उद्धारको कामहरु गरिरहेका छौँ । झापाको बाहुनडाँगीको हात्ती आतंक नियन्त्रण पनि चुनौतीको रुपमा रहेको छ । यसमा हामीले विश्व बैंकको सहयोगमा १८ किलोमिटर र सरकारको समेत आर्थिक लगानीमा ८३ किलोमिटर सम्पन्न गरेका छौँ । अहिले पनि बाँकी काम भइरहेको छ । हात्ती आतंक नियन्त्रणको सवालमा हामीले सरकारसँगको सहकार्यमा देशभर नै गरिरहेको अवस्था छ । अर्को, पहाड, तराईमा पनि बाँझा रहेका वनहरुमा हामीले टि प्लान्टेसन गर्ने काम पनि गरिरहेका छौँ र अन्नपूर्ण संरक्षण क्षेत्रमा १५० जना फार्मर नै राखेर काम गरिरहेको अवस्था छ। ’

उहाँले हाल कोषले प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल