२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार
अ अ+ अ-

तनहुँ। डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न स्थानबाट ४६ वन्यजन्तुको उद्धार गरेको छ । अधिकांशलाई जीवितै उद्धार गरिएको छ भने केही मृत तथा घाइते अवस्थामा फेला परेका हुन् ।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार गत आर्थिक वर्षमा चितुवा, चरीबाघ, मृग, अजिङ्र, सर्प, गिद्ध, बाँदर, स्याललगायत वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरिएको हो । कार्यालयले जीवित उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छाड्ने गरेको छ भने मृत फेला परेका वन्यजन्तुलाई सुरक्षित रूपमा गाड्ने गरेको उहाँले बताउनुभयो ।

सो अवधिमा दुई चितुवा मृत अवस्थामा फेला परेका थिए भने एउटा चितुवालाई जीवितै उद्धार गरिएको थियो । एउटा चितुवा घाइते अवस्थामा फेला परेको थियो । त्यसैगरी एउटा चरीबाघ जीवितै उद्धार गरिएको रानाभाटले बताउनुभयो ।

त्यस्तै, पाँच वटा मृग जीवितै उद्धार गरिएका थिए भने एउटा मृग मृत अवस्थामा फेला परेको थियो । चार अजिङ्गर, २७ सर्प, एउटा गिद्ध र तीन भार्से जीवितै उद्धार गरिएको रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा स्याल भने मृत अवस्थामा फेला परेको थियो ।

वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने, घाइते अवस्थामा भेटिने वा अन्य कारणले जोखिममा पर्ने घटनामा कार्यालयले उद्धार तथा व्यवस्थापनको काम गर्दै आएको छ । जीवित उद्धार गरिएका वन्यजन्तुलाई प्राकृतिक वासस्थानमा सुरक्षित रूपमा छाड्ने गरिएको कार्यालयले जनाएको छ ।

वन्यजन्तुबाट मानिस, पशुधन तथा कृषिबालीमा भएको क्षतिबापत डिभिजन वन कार्यालय तनहुँले सो अवधिमा रु सात लाख ३९ हजार ३७० राहत वितरण गरेको छ । बाँदर र भालुको आक्रमणबाट मानिस घाइते भएकालाई राहतस्वरूप रु दुई लाख १८ हजार एक सय वितरण गरिएको छ ।

त्यसैगरी, वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति पुगेका किसानलाई रु पाँच लाख सात हजार राहत वितरण गरिएको छ । पशुधन क्षतिअन्तर्गत ५१ बाख्रा, एउटा गोरु र एउटा पाँडा क्षति भएको कार्यालयले जनाएको छ ।

वन्यजन्तुबाट कृषिबालीमा पुगेको क्षतिबापत रु १४ हजार दुई सय ५० राहत वितरण गरिएको छ । बाँदरले मकैबालीमा क्षति पुर्‍याउँदा किसान प्रभावित भएको कार्यालयको विवरणमा उल्लेख छ ।

वन्यजन्तुको उद्धार तथा क्षतिको राहत वितरणले जिल्लामा मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनको आवश्यकता देखाएको छ । वन्यजन्तु बस्तीमा प्रवेश गर्दा मानिसको सुरक्षामा जोखिम बढ्नुका साथै पशुधन र कृषिबालीमा समेत क्षति पुग्ने गरेको रानाभाटले बताउनुभयो ।

वन्यजन्तुको संरक्षणसँगै स्थानीय बासिन्दाको सुरक्षा र जीविकोपार्जनमा पर्ने असर न्यूनीकरण गर्नु आवश्यक देखिएको उहाँको भनाइ छ । डिभिजन वन कार्यालय तनहुँले वन्यजन्तु उद्धार र व्यवस्थापनसँगै प्रभावितलाई राहत उपलब्ध गराउने काम गर्दै आएको छ । रासस