२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : पाकिस्तानको विश्वकप यात्रा समाप्त, इङल्यान्डसँग ९३ रनले पराजित



जस बटलर र बाबर आजम
अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गतको अन्तिम खेलमा इङल्यान्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको छ । यो पराजयसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने झिनो आशा समाप्त भएको छ ।

यद्यपी पाकिस्तानले ६.४ ओभरमै इङल्यान्डले दिएको लक्ष्य पूरा गर्नुपर्ने थियो, जुन असम्भव थियो ।

यसअघि कोलकाताको इडेन गार्डेनमा टस जितेर इङल्यान्डले पहिले ब्याटिङ गरेको थियो । इङल्यान्डले ९ विकेट गुमाएर ३३७ रनको विशाल स्कोर खडा गरेको थियो ।

इङल्यान्डका लागि बेन स्टोक्सले ८४, जो रुटले ६०, जोनी बेयरस्टोले ५९ रनको महत्वपूर्ण पारि खेलेका थिए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २, ह्यारिस रउफले ३, इफ्तिखर अहमदले १ तथा मोहम्मद वासिले २ विकेट लिएका थिए ।

जितका लागि ३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३.३ ओभरमा अल आउट हुँदै २४४ रन मात्र बनाएको थियो । पाकिस्तानका लागि आघा सल्मानले सर्वाधिक ५१ रन बनाएका थिए । प्रारम्भिक ब्याट्सम्यान अब्दुल्ला शफिकलाई ० र फखर जमानलाई १ रनमा गुमाएको पाकिस्तान त्यसपछि दबाबमा परेको थियो ।

कप्तान बाबर आजमले ३८, मोहम्मद रिज्वानले ३६ र शाउद सकिलले २९ रनको योगदान दिएका थिए ।

इङल्यान्डका लागि आदिल रसिद, गस अट्किन्सन र मोइन अलिले समान दुईदुई विकेट लिएका थिए भने डेभिड विलीले ३ र क्रिस वोक्सले १ विकेट लिए ।

यो जितसँगै इङल्यान्डले ९ खेलबाट ३ जितसँगै सातौं स्थानमा रह्यो भने पाकिस्तान पाँचौं स्थानमा सीमित भयो ।

विश्वकप क्रिकेट अन्तर्गत अब शीर्ष स्थानको भारत र अन्तिम स्थानमा रहेको नेदरल्यान्ड्सबीच एक खेल हुन बाँकी छ ।

यसपछि सेमिफाइनलका खेलहरु हुनेछन् । जसमा भारत र न्युजील्यान्ड तथा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुनेछन् ।