• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

म्याक्सवेलको २०१ रनको इनिङ्सलाई सबैभन्दा ठूलो इनिङ्स मान्दैनन् गांगुली



एजेन्सी । भारतीय टोलीका पूर्व कप्तान सौरभ गांगुलीले अफगानिस्तान विरुद्ध खेलेको ग्लेन म्याक्सवेलको म्याच–विजेता इनिङ्सको प्रशंसा गरे तर यसलाई एकदिवसीय ढाँचाको सबैभन्दा ठूलो इनिङ्स मान्नु पर्नेमा उनी सहमत भएनन् ।

ग्लेन म्याक्सवेलले अष्ट्रेलियालाई अफगानिस्तानमाथि ३ विकेटले यादगार जित दिलाएका थिए । २९२ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएको थियो । त्यसपछि म्याक्सवेलले २१ चौका र १० चौकाको मद्दतले १२८ बलमा अविजित २०१ रन बनाएर अष्ट्रेलिया टोलीलाई जित दिलाए ।

म्याक्सवेलको इनिङ्सको विशेष कुरा यो थियो कि उनले दुखाइसँग संघर्ष गरे तर पनि अन्तिम समयसम्म खेल्न जारी राखे र टोलीलाई जित दिलाए । कोलकातामा दिल्ली क्यापिटल्सको प्रशिक्षण शिविरको छेउमा पत्रकारहरूसँग कुरा गर्दै, सौरभ गांगुलीले म्याक्सवेलको इनिङ्समा आफ्नो प्रतिक्रिया दिए ।

गांगुलीको बयान यस्तो –
होइन होइन । म यो इनिङलाई एकदिवसीय ढाँचामा सबैभन्दा ठूलो इनिङ्स ठान्दिनँ । मैले सचिन तेन्दुलकर र विराट कोहलीको धेरै उत्कृष्ट इनिङ्स देखेको छु । मैले अन्य केही उत्कृष्ट इनिङ्स देखेको छु । म्याक्सवेलको इनिङ्स विशेष छ किनभने उनको अवस्था फरक थियो । उनी चोटिल थिए । दौडन सकेनन् । उनी टेल ब्याट्सम्यानसँग क्रिजमा थिए । छक्का प्रहार गर्दै थिए । तर सचिन र विराटले धेरै उत्कृष्ट इनिङ्स खेलेका छन् ।

सौरभ गांगुलीले अफगानिस्तानले अष्ट्रेलियाविरुद्धको खेल जित्नुपर्ने पनि बताए किनभने उनीहरूसँग राम्रो पकड थियो । गांगुलीले भने, ‘अफगानिस्तानले धेरै राम्रो खेलेको थियो र जित्नुपर्ने थियो । म्याक्सवेलले उत्कृष्ट पारी खेले । तर अफगानिस्तानको बलिङ र कप्तानी राम्रो भएन ।’