२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेमिफाइनलमा भारतलाई न्यूजिल्याण्ड नै ‘तघारो’, तिनैपटक खेल गुमाएको भारतले यसपटक के गर्ला ?



अ+ अ-

एजेन्सी । श्रीलंकालाई हराउँदै न्यूजिल्याण्डले एकदिवसीय विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ । टोलीले बिहीबार श्रीलंकालाई २३.२ ओभरमा ५ विकेटले पराजित गर्दै आफ्नो रन रेट पाकिस्तान र अफगानिस्तानको भन्दा धेरै उच्च बनाएको थियो ।

न्यूजिल्याण्डको जितसँगै भारतले पहिलो सेमिफाइनलमा उसँग भिड्ने कुरा पनि लगभग पक्का छ । खेल १५ नोभेम्बरमा मुम्बईको वानखेडे स्टेडियममा दिउँसो सवा २ बजेदेखि हुनेछ ।

न्यूजिल्याण्डको सेमिफाइनल स्थान कसरी पक्का ?
न्यूजिल्याण्डले श्रीलंकालाई हराएर आफ्नो रन रेट  ०.७४३ मा पुर्याएको छ । नकआउटको दौडमा रहेको पाकिस्तानको रन रेट ०.०३६ र अफगानिस्तानको रन रेट ०.३३८ छ । यस्तो अवस्थामा पाकिस्तानले २८७ रनले जित्यो वा अफगानिस्तान ४३८ रनले विजयी भयो भने मात्र सेमिफाइनल पुग्न सक्नेछ ।

पाकिस्तानको खेल इंग्ल्याण्डसँग हुनेछ भने अफगानिस्तानको खेल दक्षिण अफ्रिकासँग हुनेछ । दुवै टोली इतिहासमा यति ठूलो अन्तरले कहिल्यै हारेका छैनन्, त्यसैले सेमिफाइनलमा न्यूजिल्याण्डको सेमिफाइनल यात्रा ९९ प्रतिशत पुष्टि भएको छ ।

भारत र न्यूजिल्याण्ड लगातार दोस्रो पटक एकदिवसीय विश्वकपको सेमिफाइनलमा भिड्दैछन् । यसअघि २०१९ मा पनि यी दुई टोलीबीच प्रतियोगिताको पहिलो सेमिफाइनल भएको थियो । त्यतिबेला भारत अंक तालिकाको शीर्षस्थानमा थियो र न्युजिल्यान्ड नम्बर ४ मा थियो, यसपटक पनि अवस्था उस्तै हुनेछ । सन् २०१९ मा म्यानचेस्टरको मैदानमा भएको सेमिफाइनल खेलमा न्युजिल्याण्ड १८ रनले विजयी भएको थियो ।

न्युजिल्यान्ड चौंथो स्तथानमा रहने पनि पक्का छ किनभने दोस्रो र तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र अष्ट्रेलियाको १२–१२ अंक छ । न्युजिल्याण्डको १० अंक छ र उसका सबै खेल सकिएकाले अब उ १२ अंक जोडेर शीर्ष ३ मा आउन सक्दैन । अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको दोस्रो सेमिफाइनल नोभेम्बर १६ मा कोलकातामा हुनेछ ।

आईसीसी प्रतियोगिताको नकआउटमा चौथो पटक भारत र न्युजिल्याण्ड भिड्दैछन् । यसअघि दुवै टोली विभिन्न प्रतियोगिताको नकआउटमा तीन पटक आमनेसामने भएका थिए भने प्रत्येक पटक न्युजिल्यान्डले जित हासिल गरेको थियो । २०१९ को विश्वकप बाहेक सन् २००० को च्याम्पियन्स ट्रफी र २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि यी दुई आमनेसामने भएका थिए ।

भारत र न्यूजिल्याण्डको सेमिफाइनल मुम्बईमा नै किन हुँदैछ ?
इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिता सुरु हुनुअघि नै आयोजक भारत सेमिफाइनलमा पुगेमा उसको खेल मुम्बईमा हुने स्पष्ट पारेको थियो । भारत सबैभन्दा पहिले नकआउटमा पुगेको छ । त्यसैले न्युजिल्यान्ड र भारतबीचको खेल वानखेडे स्टेडियममा मात्र हुनेछ ।

वर्षा वा अन्य कुनै कारणले नोभेम्बर १५ मा सेमिफाइनल हुन नसकेमा खेल नोभेम्बर १६ मा रिजर्भ डेमा हुनेछ । यस दिन पनि नतिजा आउन सकेन भने अंक तालिकाको शीर्ष स्थानमा रहेको भारतलाई विजेता मानिनेछ ।

क्रिकेटका तीनवटै फर्म्याटमा भारत र न्यूजिल्याण्डबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यी दुई टोलीबीच एकदिवसीय क्रिकेटमा हालसम्म १०९ खेल भएका छन् । न्युजिल्यान्डले ५० र भारतले ५९ जित हात पारेको छ । ७ खेल अनिर्णित र एक खेल बराबरी भएको थियो ।

एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले सधैं भारतलाई पछि पार्दै आएको छ । टोलीले सन् २००३ पछि सन् २०१९ सम्म भारतलाई विश्वकपमा एउटै पनि खेल जित्न दिएन, तर यसपटकको विश्वकपमा भने भारतले न्युजिल्यान्डलाई धर्मशालाको मैदानमा पराजित गर्‍यो । टोलीले २० वर्षपछि विश्वकप क्रिकेटमा न्यूजिल्याण्डलाई हराएको हो । यस खेलमा मोहम्मद शामीले ५ विकेट लिएका थिए भने विराट कोहलीले ९५ रन बनाएका थिए ।